
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौजुदा मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट थप एक जनालाई मन्त्रीमा सिफारिस गरेका छन्। प्रधानमन्त्री दाहालको सिफारिसमा मन्त्री हुनेमा नेपाली कांग्रेसका सांसद सुरेन्द्रप्रसाद आचार्य हुन्। आचार्यले आजै आईतबार सपथ लिने भएका छन्।
कपिलबस्तु क्षेत्र नम्वर २ बाट निर्वाचित आचार्यसहित दाहाल नेतृत्वको सरकारमा कांग्रेसका ९ जना मन्त्री सहभागी भएका छन्। आचार्यलाई महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।
महिला, वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री महेन्द्र यादवलाई भने खानेपानी मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। आचार्य कांग्रेसमा संस्थापनइत्तर पक्षका सांसद भए पनि उनलाई राष्ट्रपति रामचन्द्र पौडेलको सुझावमा कांग्रेसले मन्त्री बनाएको हो।
दाहाल नेतृत्वको सरकारमा कांग्रेसबाट संस्थापन पक्षका ६ र इत्तर पक्षका २ जना मात्र मन्त्री भएको भन्दै आलोचना हुँदै आएको थियो। नवनियुक्त मन्त्री आचार्यलाई आजै राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ कार्यक्रम राखिएको शीतल निवास स्रोतले जनाएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...