जनमतका प्रदेश मन्त्रीको किसान लक्षित योजनाबाट किन तर्सिए उपेन्द्र? – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

जनमतका प्रदेश मन्त्रीको किसान लक्षित योजनाबाट किन तर्सिए उपेन्द्र?

काठमाडौँ । सत्तारुढ गठबन्धनको शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास को बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउतप्रति लक्षित गर्दै जनता समाजबादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निकै गुनासो गरेका छन्।

गठबन्धनका शीर्ष नेता उपस्थित बैठकमा जसपा अध्यक्ष यादवले जनमत पार्टीले गठबन्धनको भावना र निर्णयविपरीत काम गरेको भन्दै आलोचना गरेका हुन्। उनले गठबन्धनको निर्णयविपरित उपराष्ट्रपतिको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार रामसहायप्रसाद यादवको बिरुद्ध उम्मेदवारी दिएको भन्दै बिरोध जनाए।

बैठकमा सहभागी एक नेताकाअनुसार जसपा अध्यक्ष यादवले गठबन्धनको भावना र निर्णय विपरित उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार उठाएको र गठबन्धन दलको समर्थनमा आफू उम्मेदवार हुँदा समर्थन नगरी गठबन्धनको निर्णय विपरित गएको भन्दै आलोचना गरेका थिए।

यादवले जसपाका मधेश प्रदेश मन्त्रीले गठबन्धन दल र मुख्यमन्त्रीसँग सल्लाह नै नगरी मधेशका किशानलागि कहिले मल, कहिले बिउविजन र कहिले सिंचाईको आश्वासन दिएको आरोप लगाएका थिए।

यादवले मधेस सरकारमा जनमत पार्टीका मन्त्रीहरूले जथाभाबी निर्णयहरू गरिरहेको गुनासो गरेका थिए। उनले भने ‘छलफलबिनै जनमतबाट कृषिमन्त्री बनेका वसन्त कुशवाहाले कहिले मल वितरण गर्ने, कहिले ट्युबवेल वितरण गर्ने त कहिले बिउ वितरण गर्ने भन्छन्, तर मधेस सरकारले त्यससम्बन्धी कुनै निर्णय नै गरेको छैन्।’

मुख्यमन्त्रीलगायत अन्य सरोकारवालासँग कुनै छलफल नै नगरी सो पार्टीका मन्त्रीहरू जथाभाबी योजनाहरू बनाएर प्रचार गरिरहेको यादवले गुनासो गरे।

बैठकमा मधेस प्रदेश सरकार हेरफेरको विषयमा पनि छलफल भएको थियो । बैठकमा मधेस प्रदेशको सरकार निर्माण बारे सहमति जसुटाउन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिइएको छ,

मधेस प्रदेश सरकारको नेतृत्वमा काँग्रेस, जसपा र लोसपाको दाबी रहेका कारण तीनवटै दल आपसमा मिलेर त्यसको बारेमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्यान्डेट दिएको बताइएको छ।

मधेस प्रदेश सरकारको नेतृत्व हाल जसपाले गरिरहेको छ । तर नयाँ गठबन्धनअनुसार काँग्रेसले सरकारको नेतृत्वको दाबी गरेको छ । त्यस्तै लोसपाको पनि नेतृत्वमा दाबी छ ।

मधेस सरकारबाट एमालेका मन्त्रीहरू फिर्ता भइसकेका छन्। अब नयाँ गठबन्धनअनुसार सो सरकारमा काँग्रेस, लोसपा र नेकपा (एकीकृत समाजवादी) सहभागी हुनेछन् । यो सरकारमा जनमत पार्टीलाई यथावत् राख्ने तर सरकारको नेतृत्व भने नदिने गठबन्धनमा लगभग सहमति बनेको ती नेताले बताए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० बैशाख २४, १३: १७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० बैशाख २४, १३: १७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० बैशाख २४, १३: १७

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...