स्वतन्त्र सांसद डा.अमरेसकुमार सिंह जब सदनमै अर्धनग्न भए…(हेर्नुस तस्वीर) – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

स्वतन्त्र सांसद डा.अमरेसकुमार सिंह जब सदनमै अर्धनग्न भए…(हेर्नुस तस्वीर)


काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकमा फरक दृष्य देखियो– जहाँ सभामुख आसनको वायाँतर्फ अघिल्लो लहरमा बसेका स्वतन्त्र सांसद डा.अमरेसकुमार सिंहले एकाएक आफूले लगाएको इष्टकोट, सर्ट र गञ्जी (मयलपोस) क्रमशः खोल्न थाले ।

जब सभामुख देवराज घिमिरेले सदनको नियमित कारबाही अघि बढ्छ भने तब स्वतन्त्र सांसद डा. अमरेसकुमार सिंह र प्रेम सुवालले बोल्नको लागि समयको माग गरे। तर, सभामुखले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा सदनमा छलफल राखिएकोले विशेष र समय लिएर बोल्ने कार्यक्रम नरहेको तर्फ ध्यानाकर्षण गराएका थिए ।

सभामुखले शुन्य समयको कारबाही प्रारम्भ हुन्छ भन्ना साथ सांसद डा. सिंहले पहिले इष्टकोट खोले, त्यसपछि सर्टको टाँक खोल्न थाले । सदनको कारबाही चलिरहँदा सांसद सिंहको यस्तो गतिविधि देखेपछि सभामुख देवराज घिमिरले प्रतिनिधि सभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ आकर्षित भएको भन्दै बैठकको मर्यादा कायम गर्न ख्याल गर्न ध्यानाकर्षण गराए।
सांसद सिंहले सभामुखतर्फ चोरी औंला ठड्याउँदै सर्ट र मयलपोस अघिल्लो सिटमा राखेपछि सदनअघि अर्धनग्न सांसद देखेका सभामुख घिमिरेले चर्को स्वरमा सांसद सिंहतर्फ संकेत गर्दै अश्लिल, अशिष्ट, अपमानजनक र आपत्तिजनक व्यवहार नदेखाउन चेतावनी दिए ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० को आधारमा असभ्य व्यवहार नदेखाउन सभामुखले चेतावनी दिएपछि सांसद सिंहले पुन अर्धनग्न शरिरमाथि क्रमश लुगा लगाएका थिए ।

हेर्नुस तस्वीर-

 

–

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० बैशाख २५, १४: २१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० बैशाख २५, १४: २१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० बैशाख २५, १४: २१

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...