
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले भ्रष्टाचारमा लिङ्ग नजोडिने भन्दै बताएकी छन्।
प्रतिनिधि सभाको शुन्य समयमा सांसद डा. तोसिमा कार्कीले नेपाली कांग्रेसकी सांसद् डा. आरजु राणा देउवातर्फ संकेत गर्दै भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ? भन्दै प्रश्न गरिन् ।
डा. देउवाले संसद बैठकमा नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको टेप काण्डको अनुसन्धान माग गर्दा महिला हिंसा भएको भन्दै गुनासो गरेकी थिइन्।
उनले भनिन्, ‘प्रश्न छ, यो सदन देश विकास गर्ने ठाउँ हो कि एक भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई जोगाउने हो? एक महिला माननीय सांसदले भन्नुभयो –महिला विद्रोही भयो, महिलाहिंसा भयो,मलाई उत्तर दिनुपर्यो–भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ? भ्रष्टाचारीमात्र होइन यहाँ चिनारी फेरिएर राष्ट्रघात भएको छ। अपराध भएको छ र कारबाही हुनुपर्छ।’
सांसद कार्कीले भुटानी शरणार्थी प्रकरणका दोषिलाई पक्राउ पुर्जी जारी गर्दा समेत जोगाउन खोजिएको भन्दै ‘काण्ड गरेर देश डुबाउने अनि के मुखले अनुदान माग्न जाने?’ भनी प्रश्न गरिन्। उनले अन्तराष्ट्रिय जगतमा समेत राष्ट्रलाई नै दलाली साबित गर्ने काम भएको बताइन्।
उनले भनिन्, ‘आफूहरु(रास्वपाका सांसद)सम्पूर्णले सम्पति विवरण बुझाइसकेका छौं। सांसदहरूको सम्पति विरवरण समेत वेवसाइटमा सार्वजनिक गर्न माग गर्दछु।’
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...