‘नेपालीलाई भुटानी शरणार्थी बनाउने फिल्म कहिले हेर्न पाइन्छ?’ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसदको प्रस्न प्रधानमन्त्रीलाई

‘नेपालीलाई भुटानी शरणार्थी बनाउने फिल्म कहिले हेर्न पाइन्छ?’

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरुले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणका दोषिलाई कानूनी कठघरामाकहिलेसम्म ल्याइसक्ने भनी सरकारका मन्त्रीसमक्ष प्रस्न गरेका छन्।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शून्य समय र आगामी बजेटको नीति तथा प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसदहरुले नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणका दोषीहरुको चलचित्र कहिले हेर्न पाउने भनी प्रश्न गरेका छन्।

सो प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायामाझीको नाममा पक्राउ पूर्जी जारी, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजीत राई, बहालवाला सचिव टेकनारायण पाण्डे आदिलाई गिरफ्तार गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा सार्वजनिक रुपमै त्यो ‘ट्रेलर’ मात्र भएको प्रतिक्रिया दिएका थिए।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैमाथि छानबिन गरी दोषिमाथि कारबाही कहिलेसम्म गरिसक्ने भनी प्रश्न गरे।र्
एमाले सचिव समेत रहेका सांसद भट्टराईले सरकारी राज्यसंयन्त्र नै मानव बेचबिखन जस्तो संगठित अपराधमा लागेको हुनाले दोषीलाई कारबाही गर्न सरकारले खुट्टा कममाउन नहुने बताए। उनले यस्तो अपराधमा संलग्न कसैको पनि जात, धर्म, पार्टी नहुने भन्दै कुनै पनि बहानामा अपराधिलाई उन्मुक्त नदिन माग गरे।

सांसद भट्टराईले माओबादीको प्रधानमन्त्री र कांग्रेसको अर्थमन्त्री भएको सरकारको वर्तमान जोडीले संगठित अपराधका दोषी कारबाहीको फिल्म देखाउने विषयमा आफूलाई शंका लागेको बताए।

नेपाल मजदुर किशान पार्टीका सांसद प्रेम सुवालले नेपालीलाई भुटानी बटाउने अपराधमा संलग्नलाई कहिलेसम्म पक्राउ गरिसक्ने भनी प्रश्न गरे। उनले प्रधानमन्त्री दाहालप्रति लक्षित गर्दै भने, ‘तीन दलका नेता प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच बिहान बसेको बैठक नै फिल्म हो कि अरु अपराधी पक्राउ गरेको फिल्म हेर्न पाइने हो?’

जनता समाजबादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले बहालवाल सांसद टोपबहादुर रायामाझीले आफू नक्कली भुटानी प्रकरणमा निर्दोष रहेको दाबी गरिरहेको भन्दै निर्दोष हो भने किन प्रहरीलाई ढाँटेर लुकी बस्नु परेको भनी प्रश्न गरे। सांसद यादबले रायामाझीलाई प्रहरीले नै लुकाएर राखेको हुन सक्ने बताए।

सांसद यादवले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको छबि अन्तराष्ट्रिय रुपमा धुमिल भएको बताए।

एमालो सांसद ठाकुर गैरे, माओबादी सांसद देवेन्द्र पौडेल, रास्वपाका सांसद डीपी अर्याल, काग्रेस सांसद तेजुलाल चौधरी लगायतले दोषीलाई कुनै पनि हालतमा छुट दिन नहुने भन्दै पर्नेमा जोड दिए । उनीहरुले कुनै पनि बाहनामा छानबिन र दोषीमाथि कारबाही गर्नबाट सरकार पछि हट्न नहुने धारणा राखे।

माओबादी सांसद देवेन्द्र पौडेलले नेपालीलाई भुटानी बनाउने प्रकरण वाहिरिएपछि नेपाल र नेपालीको इज्जत प्रतिष्ठा, ख्याति र स्वभिमानमा आघात परेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई कुनै पनि दलका नेताको दबाबमा नपर्न आग्ह गरे।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० बैशाख २६, १६: ०३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० बैशाख २६, १६: ०३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० बैशाख २६, १६: ०३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...