काठमाडौं । परराष्ट्मन्त्री एनपी साउद र भारतीय विदेश मन्त्री डा. एस (सुव्रमण्डय्यम) जयशंकरबीच साउद मन्त्री भएपछि समकक्षीका रुपमा पहिलो पटक शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ।
भेटपछि भारतीय विदेशमन्त्री एस. जयशंकरले ट्विट गर्दै नेपालका नेपालका परराष्ट्र मन्त्री साउदलाई परराष्ट्रमन्त्रीका दायित्व प्राप्त गरेकोमा बधाई दिँएको जनाएका छन्।
विदेशमन्त्री जयशंकरले साउदसँगको भेटमा दुई देशबीच थप साझेदारी बिस्तारमा छलफल भएको जनाएका छन्। भेटमा दुई देशबीचको उर्जा, कनेक्टिभिटि र जनता जनताबीचको सम्वन्धनको बारेमा छलफल भएको थियो।
प्रधानमन्त्री पुष्मकमल दाहाल प्रचण्डको यही साता हुने भनीएको भारत भ्रमण हुन नसकेपछि प्रधानमन्त्री दाहालको आगामी भारत भ्रमणको वातावरण वनाउन परराष्ट्रमन्त्री साउद भारतीय समकक्षीसँग भेट गर्न गएको विश्वास गरिएको छ । साउद वैशाख पहिलो साता मात्र मन्त्रीमा नियुक्त भएका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...