नेविसंघद्वारा भ्रष्टाचारबिरुद्ध कैदीको भेषमा विरोध प्रदर्शन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
खाँणलाई निलम्बन गर्न सभापति देउवालाई चौतर्फी दबाब

नेविसंघद्वारा भ्रष्टाचारबिरुद्ध कैदीको भेषमा विरोध प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले भ्रष्टाचारविरुद्ध आईतबार विरोध प्रदर्शन गर्दै नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा अनुसन्धानका लागि भन्दै पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्वन गर्न माग गरेको छ।

आइतबार बिहान १० बजे नेविसंघका नेता कार्यकर्ताहरुले ‘कैदी–बन्दीको भेषमा भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आफ्नै नेता बालकृष्ण खाँणलाई निलम्बन गर्न उनीहरुले माग गरेका छन्। ‘सभापतिज्यू खाँणलाई किन निलम्बन नगरेको ?’ लेखिएको प्लेकार्डसहित उनीहरूले प्रदर्शन गरेका थिए। ​

भ्रष्ट्राचारविरुद्ध शून्यसहनशीलता भन्ने नारासहित त्रिचन्द्र क्याम्पस प्रांगणबाट शुरु भएको विरोध प्रदर्शनमा नक्कली भुटानी शरणर्थी प्रकरणका आरोपीहरुमाथिको अनुसन्धान प्रभावकारी बनाउन दबाब दिएका छन् ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० बैशाख ३१, १४: १८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० बैशाख ३१, १४: १८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० बैशाख ३१, १४: १८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...