टोपबहादुरलाई जिल्ला अदालत लगियो – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

टोपबहादुरलाई जिल्ला अदालत लगियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी पक्ररणमा ११ दिन पछि पक्राउ परेका नेकपा एमालेका केन्द्रिय सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीलाई प्रहरीले अदालत लगेको छ ।

काठमाडौंको बुढानिलकण्ठस्थित पासिकोटमा रहेको नातेदारको घरवाट शनिबार साँझ पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीलाई नै छक्याएर भागेका रायमाझी आइतबार साँझ प्रहरीको फन्दामा पर्दा रक्सीले झुम्मिरहेका थिएर पक्राउपछि मेडिकल जाँचका क्रममा एक गिलास वियर खाएको स्वीकारेको प्रहरीले जनाएको छ।

तीनकुनेस्थित कान्तिपुर अस्पतालमा मेडिकल चेक गर्ने क्रममा उनले भनेका थिए–, ‘एक गिलास वियर लिएको छु।’ रायमाझीले यसै मुद्दामा आफू र आफ्ना छोरा सन्दीप रायमाझी पनि पक्राउ परेकोले तनावमा मदिरा सेवन गरेको प्रतिक्रियासमेत दिएका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० जेष्ठ १, १३: १०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० जेष्ठ १, १३: १०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० जेष्ठ १, १३: १०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...