
काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सदनलाई जानकारी गराउन रुलिङको माग गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा गैरेले अहिलेसम्म सरकारले यसबारे केही जानकारी नगराएको भन्दै सभामुखले रूलिङ गर्नुपर्ने बताएका हुन्।
‘प्रतिनिधि सभाको २६ र २७ गतेको बैठकमा सभामुखले नक्कली शरणार्थी प्रकरणबारे जानकारी गराउन सरकारलाई रूलिङ पनि गर्नुभएको थियो,’ गैरेले भने, ‘तर आजको कार्यसूचीमा पनि सरकारले यसबारे जानकारी गराउने विषय देखिनँ।’
यस्तो अपराधजन्य विषयमा सरकारले सार्वभौम सदनलाई अविलम्ब जानकारी गराउनुपर्ने उनको धारणा थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...