एमाले सांसद टोपबहादुर रायामाझी निलम्बित – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

एमाले सांसद टोपबहादुर रायामाझी निलम्बित

काठमाडौं । नेकपा एमालेका सांसद टोपबहादुर रायामाझी निलम्बित भएका छन्। रायमाझी आइतबार नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका थिए।

सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभा बैठकमा सोमबार रायामाझी पक्राउ परेको जानकारी गराएका थिए। सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ (१) बमोजिम आजै सदनलाई पक्राउको जानकारी गराएका थिए।

सभामुख घिमिरेले सांसद रायामाझी पक्राउ परेको जानकारी गराएसँगै उनको संसद पद निलम्बनमा परेको हो। रायमाझी नेकपा एमालेबाट अर्घाखाँचीबाट प्रत्यक्षबाट निर्वाचित प्रतिनि सभाका सदस्य हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता रायामाझीको बयान लिन सुरु भएको छ। जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएलगत्तै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनको बयान सुरु भएको हो।

जिल्ला सरकारी वकिलको कार्यालयका उपन्यायधिवक्तासहित जिल्ला प्रहरी परिसर काठमाडौंमा मुद्दा शाखाका डीएसपी निरञ्जन भट्टसहितको टोलीले उनको बयान लिइरहेको छ।

२० वैशाखमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठ क्षेत्रको एक घरबाट पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० जेष्ठ १, १७: १४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० जेष्ठ १, १७: १४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० जेष्ठ १, १७: १४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...