मन्त्रीहरु फिर्ता गरेको १० दिनपछि एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

मन्त्रीहरु फिर्ता गरेको १० दिनपछि एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

जनकपुरधाम । मधेस प्रदेश सरकारबाट एमालेले समर्थन फिर्ता लिएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको हो।

गत वैशाख २१ गते प्रदेश सरकारबाट मन्त्रीहरु फिर्ता गरेको नेकपा एमालेले सोमबारदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले आइतबार सभामुख रामचन्द्र मण्डललाई भेटी समर्थन फिर्ताको पत्र बुझाएको थियो।

एमालेबाट संसदीय दलका नेता यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेशसभा मामिला, शत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार र मोहम्मद जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० जेष्ठ २, १५: १८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० जेष्ठ २, १५: १८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० जेष्ठ २, १५: १८

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...