
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति एक जना केन्द्रीय सदस्यले असन्तुष्टि जनाएपछि बैठकको माहोल नै बिथोलिएको छ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबारदेखि शुरु केन्द्रीय समिति बैठकमा मंगलबार आफ्नो धारणा राख्नेक्रममा केन्द्रीय सदस्य किशोर कार्कीले अध्यक्ष लिङ्देनको कार्यशैलीमाथि प्रश्न उठाउँदै अध्यक्षले विगतमा भन्ने गरेको ‘चोर नेताको पछि लागेको’ धारणा राखेका थिए।
उनले पार्टीमा विधि कायम हुन नसकेको भनेपछि अध्यक्ष लिङ्देनल मनपरी बोल्दा अनुशासनको कारबाही गर्ने चेतावनी कार्कीलाई दिएपछि बैठकको माहोल बिग्रिएको केन्द्रीय सदस्यले जानकारी दिए।
कार्कीले आफूहरुले पार्टी अध्यक्षलाई बुझाएको तीन बुँदे ध्यानाकर्षण पत्रको अध्यक्ष लिङ्देनले कुनै सम्बोधन नगरेको भन्दै मंगलबारको बैठकमा सोही विषयसहित पार्टीलाई विधिमा सञ्चालन गर्नुपर्छ भनेर कुरा राख्ना साथ अध्यक्ष लिङ्देन रिसले झोंक्किदै अनुशासनको कारबाही गर्ने चेतावनी दिएका थिए।
अध्यक्ष लिङ्देनले अनुशासनको कारबाही गर्ने चेतावनी दिएपछि त्यसको प्रतिबाद गर्दै केन्द्रिय सदस्य कार्कीले ‘क–कसलाई अनुशासनको कारबाही गर्ने? पार्टीमा लेख्न, बोल्न पनि पाइँदैन? तपाईँहरुलाई सच्चिनका लागि ध्यानाकर्षण पत्र बुझाउँदा अनुशासनको कारबाही हुन्छ? कतिजनालाई गर्ने कारबाही? ६३ जनालाई नै हो? भनी प्रश्न गरेका थिए।
जवाफमा लिङ्देनले आफूलाई तीन बुँदे ध्यानाकर्षणमा प्रयोग भएको ‘आसेपासे’ शब्दले चित्त दुखेको बताएका थिए।
कार्कीले हिजो पार्टीमा नभएका र भर्खर आएका मान्छेहरुलाई पार्टीको केन्द्रिय समितिमा माथिमाथि राखिएको तथा अध्यक्षले कांग्रेसको महाधिवेशन उद्घाटन कार्यक्रममा ‘नेताहरु गाउँघरमा जाँदा को आयो को आयो भनेको त चोर आएछ’पो भन्छन् भन्ने भाषणलाई सम्झाएका थिए।
कार्कीले गत संघीय र प्रदेश सभाको निर्वाचनमा गठबन्धन गर्न तपाईँ त्यही चोर नेताहरुको पछि लागेको होइन? भनी प्रश्न गरेका थिए। उनले चुनावमा एमालेलाई भोट नहाले कारबाही गर्छु भनेर अध्यक्ष लिङ्देनले सार्वजनिक अभिव्यक्ति दिँदा पार्टीको भोट घटेको समेत उनले दाबी गरे।
गत मंसिरमा भएको निर्वाचनअघि कार्कीको नेतृत्वमा ६३ जना नेताले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीलाई लिएर ३ बुँदे उक्त ध्यानाकर्षण पत्र बुझाएका थिए। जहाँ पार्टीका तीन नेताको लागि मात्र किन गठबन्धन गरिएको भनेर प्रश्न गरिएको थियो।
पार्टीमा योजना दिएका व्यक्तिहरुलाई वरिष्ठताका आधारमा समानुपातिकमा राख्न आग्रह गरिएको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...