अदालतको फैसलालाई अनर्गल नबनाउन रेशमले आव्हान गरेलगत्तै नेपाल बन्दको घोषणा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

अदालतको फैसलालाई अनर्गल नबनाउन रेशमले आव्हान गरेलगत्तै नेपाल बन्दको घोषणा

काठमाडौँ । २०७२ साल भदौमा टीकापुरमा भएको सुरक्षाकर्मी हत्याको अभियोग प्रमणीत भएपछि हाल जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुको विकल्प नभएको भन्दै प्रेस विज्ञप्ति जारी गरेलगत्तै उनको पार्टीले भने नेपाल बन्दको घोषणा गरेको छ।

हाल डिल्लीबजार सदर खोरमा जन्मकैदको सयाज काटिरहेका चौधरीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको फैसलामा आफूप्रति न्यायिक नभए पनि त्यसको बिकल्प नभएको बताएका थिए।

रेसम चौधरीले विज्ञप्ति जारी गरेको केही समयपछि नै उनको नेतृत्वमा रहेको दल नागरिक उन्मुक्ति पार्टीकाका बरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बुधबार दिउँसो रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्दै नेपाल बन्दको घोषणा गरे।

रेशम चौधरीले टिकापुर घटनालाई लक्षित बनाएर गरेको फैससला स्वीकार्दै भोली पुनरावलोकनको बाटो आफूहरुको लागि खुला भएको भन्दै सम्मानित अदालतलाई आफूले सदा सम्मान गर्ने र सबैलाई उत्तिकै सम्मान गर्न आग्रह पनि गरेका छन्।

रेशमले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ ‘अहिले टिकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभावी सामाजिक संजालमा जे पायो त्यही पोष्ट नगर्नु हुन अनुरोध गर्दछु। मलाई अझौ सम्मानीय सर्वोच्च अदालतप्रति भरोसा छ। हामी अझै न्यायिक पर्खाइमा छौं।’

रेशमले आफू डिल्लीबजार कारागारमा धैर्य, सहनशिलताका साथ कैद भुक्तान गरिरहेको र स्वास्थ्य ठीक भएको भन्दै रत्तिभर मन बिचलित नभएको दाबी गरेका छन्। उनले आफूले लेखिरहेको पुस्तक ‘धरातल’ केही दिनपछि नै सार्वजनिक गरेका छन्।

रेशमले प्रकाशित गरेको विज्ञप्तिको चर्चा सेलाउन नपाउँदै उनको दल नागरिक उन्मुक्ति पार्टीका बरिष्ठ उपाध्यक्ष दामोदर पण्डितसहितका नेताले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी सत्य तथ्य सार्वजनिक नभएसम्म र टिकापुर घटनामा दोषी ठहर भएकाहरुको जेठ ५ गतेसम्म रिहा नभए ६ गतेदेखि नेपाल बन्दको घोषणा गरे ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० जेष्ठ ३, १६: ३६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० जेष्ठ ३, १६: ३६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० जेष्ठ ३, १६: ३६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...