
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी लडाकुलाई राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप प्रमाणित भए आफू जेल जान तयार रहेको बताएका छन्।
प्रतिनिधि सभाको विहीबारको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम’मा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले सोधेको प्रश्नको जवाफ दिँदै लडाकु शिविशको भ्रष्टाचारको प्रश्न कपोलकल्पित र पूर्वाग्रही रहेको दाबी गरेका हुन्।
यस विषयमा कसैले उजुरी गरेर छानबिन गरेर र प्रमाणित भए जेल जान तयार रहेका घोषणा गर्दै उनले क्यानोन्टमेन्टमा रहेका लडाकुलाई दिएको रकमको सबैको रेकर्ड भएको दाबी गरे। उनले त्यस्तो रकम तत्कालिन अर्थमन्त्री डा. रामशरण महतलाई समेत थाहा भएको स्पष्ट पारे।
राज्यबाट दिएको रकम अडिट भएर टुंगो लागेको विषय पटक पटक ल्याइएर राजनीतिकरण गर्न खोजेको प्रधानमन्त्रीले आरोप लगाए। २०४८ सालपछिका भ्रष्टाचारका सबै मुद्दा छानबिन गर्न आफूहरू तयार रहेको बताए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...