
जनकपुरधाम । मधेस प्रदेशको सरकारमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजबादी र लोकतान्त्रिक समाजबादी पार्टीले प्रवेश गरेका छन्। सत्तारुढ तीन पार्टीका प्रदेश सांसदहरु समेटेर मन्त्रिपरिषद् विस्तार भएसँगै सीके राउत नेतृत्वको जनमत पार्टी सरकारबाट ‘आउट’ भएको छ।
जनता समाजबादी पार्टीको मधेश प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस सरकारमा नेपाली कांग्रेसबाट दुई जना मन्त्री सहभागी हुने निश्चित भएको छ।
जसअनुसार कांग्रेसको मधेस प्रदेशका सभापति कृष्ण यादवले भौतिक पूर्वाधार विकास मन्त्री र कांग्रेसकै वीरेन्द्र सिंहले स्वास्थ्य मन्त्रीको रूपमा आजै शपथ लिने तयारी भएको छ।
मुख्यमन्त्री यादवले सत्ताधारी दलसँग गरेको छुट्टाछुट्टै छलफल गरी नेकपा (एकीकृत समाजवादी) लाई कृषि मन्त्रालय दिने भएका छन्। नेकपा एसले सप्तरीबाट निर्वाचित सांसद गोविन्द न्यौपानेलाई सो मन्त्रालयको जिम्मेवारी दिने भएको हो। जनमत पार्टीको भागमा रहेको कृषि मन्त्रालय खोसेर नेकपा एसलाई दिइएको हो।
जनमतबाट कृषि मन्त्री रहेका वसन्त कुशवाहालाई विना विभागीय मन्त्री बनाउन लागिएको छ भने लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा)लाई एक मन्त्रालय दिइएने भएको छ।
लोसपाले पाउने मन्त्रालय निश्चित भएको छैन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...