
काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख तीन दलको निर्णयको आधारमा सभामुख देबराज घिमिरेले एक सांसदले बोलेको विषयलाई संसदको अभिलेख (रेकर्ड)बाट हटाएकोमा गम्भीर असहमति प्रकट गरेका छन्।
सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहभागितामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच शनिबार बसेको बैठकले जेठ१० गते बुधबार प्रतिनिधि सभा बैठकमा ‘पशुपतिमा चढाइएको सुनको जलहरी र स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार’को विषयमा अभिव्यक्ति दिने माओबादी केन्द्रका एक सांसदको भनाई शनिबार संसदको रेकर्डबाट हटाइएको थियो।
तीन दलका शीर्ष नेताको बैठकको निर्णय सार्वजनिक भएको र संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओबादी सांसद लेखनाथ दाहालको अभिव्यक्ति अनुपयुक्त भएको भएको बताएपछि सभामुख देवराज घिमिरेले सांसदको भनाई संसदको भभिलेखबाट हटाउन रुलिङ ‘निर्देशन’ गरेका थिए।
यसरी एक सत्तारुढ दल माओवादी केन्द्रका सांसद दाहालले सदनमा बोलेको विषयलाई तीन दलका शीर्ष नेता बसेर भनाई अभिलेखबाट हटाएको घटनालाई कांग्रेस नेता डा. कोइरालालृ पीडम्बनापूर्ण भनेर टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसवुकमा आईतबाट स्टाटस पोष्ट गर्दै खदाहालले भने ‘कस्तो विडम्बना! संसदमा कुनै सदस्यले कुनै शंकास्पद अनिमियता सम्बन्धी विषय उठाउने, दलका शिर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोही अनुरुप कार्य गर्ने।’
डा. कोइरालाल्े सांसदका हरेक अभिव्यक्ति तार्किक निश्कर्षमा पुग्न नदिँदैमा विगतका अनिमियता सँधै ढाक्न नसकिने दाबी गर्दै भनेका छन्, ‘हामी हाम्रो सांसदको गरिमालाई कता लैजादैछौं। के हाम्रो संसदले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो?’
‘संसदको रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा संचार जगत पनि छन भन्ने कुरा बुझौं’, डा. कोइरालाले भनेका छन्।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...