सिडेनको अध्यक्षमा शेखर समूहका केसीको प्यानल विजयी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सिडेनको अध्यक्षमा शेखर समूहका केसीको प्यानल विजयी

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था लोकतन्त्रबादी ईन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को अध्यक्षमा पार्टीको संस्थापनइत्तर पक्षको नेतृत्व गरिरहेका ईं लक्ष्मण केसीको प्यानल दुई सिटवाहेक सबै पदमा विजयी भएको छ।

सिडेनको अधिवेशनमा नेतृत्वको लागि तीन जना प्रतिष्पर्धामा थिए। पार्टीका बरिष्ठ नेता डा. शेखर कोइराला समूहको तर्फबाट उम्मेदवार भएका ई. लक्ष्मण केसी एक हजार ६१९ मत ल्याएर विजयी भएका हुन्।

पार्टी सभापति देउवा निकट मानिएका ईं चेतनाथ पाण्डेले भने एक हजार ६२ मत ल्याएका थिए भने प्रमोद दवाडीले १८५ मतमा ल्याएका थिए।

अधिवेशनमा पार्टीको संस्थापन पक्षका केन्द्रीय सदस्य राहुल मिश्र र उपेन्द्र महरानवाहेक सबै पदमा केसीसमुहको प्यानल नै विजयी भएको छ।

अधिवेशनबाट शेखर समुहकै उपाध्यक्ष ई.उमेश धिताल, महासचिव ई.थमन बहादुर खड्का,उपमहासचिव ई.सुशील लामिछाने र कोषाध्यक्ष ई.नवराज बस्नेत विजयी भएका छन्।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० जेष्ठ १४, १९: ५७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० जेष्ठ १४, १९: ५७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० जेष्ठ १४, १९: ५७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...