सरकारद्वारा रेशम चौधरीसहित १९ कैदीलाई आममाफी र ४८२ को कैद मिनाहा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सरकारद्वारा रेशम चौधरीसहित १९ कैदीलाई आममाफी र ४८२ को कैद मिनाहा

काठमाडौं । सरकारले टीकापुर हत्याकाण्डका मुख्य योजनाकारको रूपमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रेशम चौधरीसहित१९ जनालाई आममाफी दिएको छ।

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज आइतबार बसेको मन्त्रिपरिषद्को निर्णयानुसारको सिफारिस बमोजिम चौधरीसहित १९लाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिने घोषणा गरेका हुन्।

जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि लागू हुने गरी उनीहरूलाई आममाफी दिइएको हो। सरकारले ज्येष्ठ नागरिकसहित ४८२ जना कैदीको बाँकी सजाय मिनाहा गरिदिएको छ।

रमेश थलङ भन्ने हेमबहादुर थलङ (लिम्बू) समेतका ४७५ जना र ज्येष्ठ नागरिक उदय नारायण गिरीसहित ७ जना गरी जम्मा ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय राष्ट्रपतिले मिनाहा गरिदिएका हुन्।

हेर्नुस राष्ट्रपति कार्यालयको बक्तव्य

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० जेष्ठ १४, २०: १४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० जेष्ठ १४, २०: १४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० जेष्ठ १४, २०: १४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...