ढाकाकुमारलाई हटाएर सांसद बनाइएकी रास्वपाकी विन्दबासिनीले आजै सपथ लिने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

ढाकाकुमारलाई हटाएर सांसद बनाइएकी रास्वपाकी विन्दबासिनीले आजै सपथ लिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्यमा सिफारिस गरेपपछ सांसद भएकी मकवानपुरकी बन्दबासिनी कंसकारले आज शपथ लिने भएकी छन्।

सांसद कंसकारलाई सभामुख देवराज घिमिरेले सोमबार दिउँसो ३ बजे शपथ गराउने भएका हुन्। समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद बनाएका डा.ढाकाकुमार श्रेष्ठको दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि उनलाई पार्टीले साधारण सदस्य नरहने गरी हटाएको थियो।

रास्वपा सांसद श्रेष्ठले आफू मन्त्री हुन लागेको भन्दै बिबादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई कारबाही गरेको थियो। आफूलाई बदनियतपूर्वक हटाईएको भन्दै श्रेष्ठ सर्वोच्च अदालतसम्म पुगेका थिए।

उता सांसदबाट हटाइएका श्रेष्ठले आफूले पार्टीका उपसभापति डीपी अर्याल र महासचिव मुकुल ढकाललाई सांसद बन्न २ करोड बढी घुस दिएको बताएका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० जेष्ठ १५, १४: ४०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० जेष्ठ १५, १४: ४०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० जेष्ठ १५, १४: ४०

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...