मणिपुरमा सुरक्षाकर्मी र आन्दोलनकारीबीच भिडन्त जारी, ४० आन्दोलनकारी मारिए – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

मणिपुरमा सुरक्षाकर्मी र आन्दोलनकारीबीच भिडन्त जारी, ४० आन्दोलनकारी मारिए

नयाँ दिल्ली । केही समयदेखि भड्किएको जातीय हिंसामा परी उत्तरपूर्वी भारतको मणिपुर राज्यमा ४० जना आन्दोलनकारीको ज्यान गएको छ।

मणीपुरका बिभिन्न ५ स्थानमा सेना र आन्दोलनकारी बीच भएको भिडन्तमा परी ४० जना मारिएका हुन्। मणीपुरका मुख्यमन्त्री एन बिरेन सिंहले पनि सो संख्या बराबर मारिएको पुष्टीसमेत गरेका छन्।

‘आतंकवादीहरूले एम १६ र एके ४७ असल्ट राइफल र स्नाइपर बन्दुकले आमनागरिकमाथि हिंसा मच्चाई रहेका छन्। तिनीहरू धेरै गाउँहरूमा घरहरू जलाउन थालेका छन्। त्यसैले उनीहरूविरुद्ध धेरै कडा कारबाही सुरु गरेका हौं, जुन कारबाहीमा करिब ४० आतंककारी मारिएका छन्।’

मुख्यमन्त्री सिंहले आतंकवादीहरूले निहत्था नागरिकहरूमाथि गोली हानिरहेको र मणिपुरलाई तोड्न खोजिरहेकोले केन्द्र सरकारको सहयोगमा राज्य सरकारले उनीहरूविरुद्ध कडा कारबाही गरेको जनाएका छन्।

मणिपुर पुलिस कमाण्डोले सोमबार जातीय हिंसा प्रभावित क्षेत्रहरूमा आठ घण्टा भन्दा बढी आन्दोलनकारीहरुसँग भिडन्त गरेका थिए।

बन्दुकधारीहरुले प्रदेश राजधानी इम्फाल उपत्यका र वरपरका क्षेत्रमा सुरक्षाकर्मीमाथि एकैसाथ हमला गरेका थिए। सो क्षेत्रका सेकमाई, सुग्नु, कुम्बी, फ्याङ र सेराउ क्षेत्रहरुमा भएको भिडन्तले त्रासको बातावरण निम्ताएको स्थानियले जनाएका छन्।

भारतीय सञ्चार माध्यमकाअनुसार सो भिडन्तमा परी अझ धेरैको ज्यान गएको हुन सक्छ। उनीहरुका अनुसार त्यसको अझै स्वतन्त्र पुष्टी भने बाँकी छ।

‘सडकमा गोली चलेको थियो, बमवारीका आवाज सुनिएको थियो, पहिचान नभएका लासहरु यत्रत्रत छरिएका थिए,’ स्थानिय राकेश मितलले भने ।

मेइती समुदायले अनुसूचित जनजाति (एसटी) को दर्जा दिनुपर्ने माग गर्दै आन्दोलन सुरु भएको थियो । गत मे ३ मा मणिपुरका पहाडी जिल्लाहरूमा ‘आदिवासी एकता मार्च’ आयोजना गरेपछि झडप सुरु भएको थियो। मणिपुरको ५४ प्रतिशत जनसङ्ख्या मेइती समुदायको छ र तिनीहरू प्रायः इम्फाल उपत्यकामा बस्छन्।

जनजाति नागा र कुकीले जनसंख्याको ४० प्रतिशत ओगटेका छन् र उनी पहाडी जिल्लाहरूमा बस्छन्। यी दुइ समुदायका बिचमा सरकारले बैमनस्यता बढाइदिएको उनीहरूको आरोप छ ।

मणिपुरमा जातीय द्वन्द्वमा ७० जनाभन्दा बढीको ज्यान गईसकेको छ र भारतको उत्तरपूर्वी राज्यमा सामान्य अवस्था ल्याउनका लागि करिब १० हजार बढी सैन्य र अर्धसैनिक कर्मचारीहरू तैनाथ गरेर स्थीति नियन्त्रणमा ल्याउने प्रयास भईरहेको मुख्यमन्त्री सिंहले जनाएका छन् ।

सम्बन्धित समाचार

आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : कांग्रेस सभापति थापा
आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : कांग्रेस सभापति थापा
  • २०८० जेष्ठ १६, १२: १२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सूचना प्रविधि (आइटी) क्षेत्रको विश्वव्यापी प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेपालले नीतिगत सुधार र कार्यान्वयनमा...

पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
  • २०८० जेष्ठ १६, १२: १२

काठमाडौं : नेपाल पत्रकार महासंघको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी...

संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
  • २०८० जेष्ठ १६, १२: १२

जनकपुर । संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच आइतबार पुनः वार्ता भएको छ। जनकपुरधामस्थित यात्री निवास होटलमा भएको छलफलमा...