
काठमाडौं । प्रतिनिधिसभा सदस्य डा.अमरेशकुमार सिंहले दुई दुईपटक संघीय संसदका दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कारबाही गर्नु पर्ने माग गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा भारत भ्रमणको विषयमा जानकारी दिएपछि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोल्न विपक्षी दलका सांसदहरुले अबरोध गरेपछि नियमापत्ति गर्दै सांसद डा. सिंहले यस्तो माग गरेका हुन्।
नेपालको संविधानको धारा ११३को उपधारा (४) बमोजिम दुई दुईपटक सदनले पारित गरेर राष्ट्रपति कार्यालयमा पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नु पर्नेमा ‘विधेयक प्रमाणीकरण नगरेकोले तत्कालीन राष्ट्रपतिमाथि कस्तो कारबाही हुन्छ?’ भनेर प्रश्न गरे।
राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सुझावसहित फिर्ता पठाएकी थिइन्।
यसपछि फेरि उक्त विधेयकमाथि छलफल गर्दै दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी होल्ड गरेर राखेकी थिइन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...