‘नयाँ संसदमा राखिएको नक्साबारे कुरा भयो, हिन्दुराष्ट्र र राजसंस्थाबारे भएन’ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

‘नयाँ संसदमा राखिएको नक्साबारे कुरा भयो, हिन्दुराष्ट्र र राजसंस्थाबारे भएन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा भारतको नयाँ संसदमा राखिएको नक्साबारे भारतीय समकक्षीसँग कुरा गरेको वताएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले हिन्दुराष्ट्र र राजसंस्थाबारे भने छलफल नभएको बताए ।

उनले दुई देशबीचको आपसी सम्बन्ध र चासोको विषयमा मात्र छलफल भएको भन्दै सीमा विवाद समाधानदेखि पारवहनका विषयमा कुराकानी भएको जानकारी दिए।

प्रधानमन्त्री दाहालले नयाँ संसद् भवनमा राखिएको अखण्ड भारतको नक्साबारे कुरा राखेको भन्दै आफूले उक्त नक्साको अगाडि हात हल्लाएर फोटो खिचेको कुरा बिल्कुल गलत भएको बताए।

‘भारतीय नयाँ संसद्अघि गएकै छैन, पुगेको छैन्। त्यहाँ गएर मोदीजी र मैले हात हल्लाएँ भनेको मोर देन हन्ड्रेड पर्सेन्ट झुटो हो,’ उनले भने। उनले त्यो नक्साबारे भारतको आफ्नै तर्क रहेको सुनाए।

‘यो विषयमा भारतमा कुरा गरेन भन्ने पनि सत्य होइन । मैले कुरा गरेँ । उहाँहरूको आफ्नो तर्क छ । यो सांस्कृतिक ऐतिहासिक हो भन्ने। यो बारेमा छलफल गर्दै जान सकिन्छ,’ उनले भने।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० जेष्ठ २२, १७: ४५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० जेष्ठ २२, १७: ४५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० जेष्ठ २२, १७: ४५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...