राससको सेवा निशुल्क दिन माग गर्दै प्रेस युनियनद्वारा जिल्ला अधिवेशन असार ५ भित्र गर्ने निर्णय – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिको बैठक

राससको सेवा निशुल्क दिन माग गर्दै प्रेस युनियनद्वारा जिल्ला अधिवेशन असार ५ भित्र गर्ने निर्णय

भक्तपुर । नेपाल प्रेस युनियन केन्द्रिय कार्यसमितिको मंगलबार यहाँ सम्पन्न बैठकले सरकारी लगानी रहेको समाचार सेवा प्रदायक संस्था राष्ट्रिय समाचार समिति (रासस) को सेवा निशुल्क हुनु पर्ने माग गरेको छ ।
युनियनका अध्यक्ष शिव प्रसाल लम्सालको अध्यक्षतामा बसेको बैठकले युनियनको जिल्ला अधिवेशन आगामी असार ५ गते भित्र सम्पन्न गर्न निर्णय गरेको छ । युनियनको सो बैठकले श्रमजीवी संचारकर्मीको पक्षमा सशक्त अभियान संचालन गर्न, प्रशिक्षण वर्ष २०८० सफल बनाइन र प्रेस विरोधी कानून बन्न नदिन खबरदारी गर्ने निर्णय गरेको छ ।

युनियनका महासचिव दीलिप पौडेलद्वारा जारी विज्ञप्तिमा ‘पत्रकार प्रशिक्षण वर्ष २०८०’ सफलतापूर्वक सम्पन्न गर्न पत्रकारिता तालिम सञ्चालन गर्नका लागि पाठ्यक्रम तयार गर्न नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाको संयोजकत्वमा पत्रकार प्रशिक्षण पाठ्यक्रम तयारी समिति र युनियनका उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा प्रशिक्षकको सूची तयार गर्ने समिति गठन गरिएको जनाइएको छ।

‘नेपाल पत्रकार महासंघले शुरु गरेको सदस्यता शुद्धीकरण अभियानको नाममा विचार र आस्थाका आधारमा सदस्यता नवीकरण हुन नदिने र सदस्य हुनबाट वञ्चित गर्ने कार्य भएमा युनियन प्रतिवाद गर्न तयार छ’, विज्ञप्तिमा भनिएको छ,‘आर्थिक मन्दीका कारण साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यम सञ्चालन गर्न कठिनाइ भइरहेको अवस्थामा रासस सेवा निःशुल्क उपलब्ध गराउन युनियन आग्रह गर्दछ।’

युनियनले पत्रकारले पाउनुपर्ने पारिश्रमिक भुक्तानी गर्न, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न, न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न तथा श्रमजीवी पत्रकारको सामाजिक सुरक्षाका लागि कल्याणकारी कोष निर्माण गर्न सबै सञ्चार प्रतिष्ठानहरूसँग माग गरेका छन्।

त्यस्तै, सरकारले सञ्चारमाध्यमलाई दिँदै आएको लोककल्याणकारी विज्ञापनवापतको रकम भुक्तानी सरल तथा सहज तरिकाले उपलब्ध गराउन, सञ्चारमाध्यमलाई दिँदै आएको विज्ञापनबापतको रकम वृद्धि गर्न, स्वरोजगारमूलक सञ्चारमाध्यमको संरक्षण र सम्वद्र्धनका लागि सरकार तथा सम्बद्ध सरकारी निकायलाई विशेष आग्रह गर्न, साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यमको संरक्षण गर्ने नीति लिन र एफएम रेडियोहरूको नवीकरण राजस्वमा उल्लेख्य छुट दिन सरकारसँग माग गरेको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० जेष्ठ २४, १३: १७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० जेष्ठ २४, १३: १७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० जेष्ठ २४, १३: १७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...