प्रदेश उपनेता रानाको ज्यान लिन खोजेको भन्दै एमालेद्वारा संसद अबरुद्ध – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
प्रदेशको नामाकरणप्रति असन्तुष्ट पहिचानवादीको निसानामा एमाले नेता

प्रदेश उपनेता रानाको ज्यान लिन खोजेको भन्दै एमालेद्वारा संसद अबरुद्ध

काठमाडौं । नेकपा एमालेका सांसदहरुले आफ्नो दलका नेताहरुमाथि पहिचानवादीको नाममा आक्रमण भएको भन्दै प्रतिनिधि सभाको शुक्रबारको बैठक अबरुद्ध गरेका छन्।

नेकपा एमालेले प्रदेश सभाको बैठकले प्रदेशको नाम कोशी राखेपछि एमालेका नेताहरुमाथि श्रृङ्खलाबद्ध आक्रमण भएको भन्दै त्यस सम्वन्धमा गृहमन्त्रीको स्पष्ट धारणा आउनु पर्ने भन्दै प्रतिनिधिसभाको बैठक अबरुद्ध गरेको हो।

प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनरत पहिचान पक्षले इलामको सोयाकमा नेकपा एमाले कोशी प्रदेशसभा संसदीय दलका उपनेता राम रानाको गाडी रोकेर मोबिल खन्याएर गाडीमाथि ढुंगामुढा गरेका थिए।

आन्दोलनकारीहरुले बिहीबार नै उदयपुरमा उपसभामुख सिर्जना दनुवारमाथि आक्रमणको प्रयास गरेका थिए।
।
विहीबारको दुई घटनालाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले अब तयारीका साथ मुकाबिला गर्नुपर्छ भन्दै विहीबार पार्टी मुख्यालयमा भाषण गरेपछि स्थिति झन जटिल बन्दै भएको छ।

आन्दोलनरत पक्षले आफ्नो प्रतिवद्धता विपरीत नेताहरुमाथि दुव्र्यवहार गर्ने र एमालेका अध्यक्ष नै त्यसको प्रतिवादमा उत्रिन निर्देशन दिँदा परिस्थिति हिंसातिर अघि बढ्न सक्ने देखिएको छ।

९३ सदस्यीय प्रदेशसभाको अघिल्लो कार्यकालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुई तिहाई बहुमत (६६) सांसद हुँदा पनि नाममा सहमति जुट्न सकेको थिएन। हाल प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९ र माओवादी केन्द्र १३, राप्रपाका६ र एकीकृत समाजवादीका४ र जनता समाजवादी पार्टीका १ सांसद छन्।

प्रदेश सभाको फागुन १७ गतेको बैठकले प्रदेश नम्वगर १ को नामाकरण कोशी प्रदेश राखेको थियो । प्रदेश सभाका ९० मध्ये८२ जना प्रदेशसभा सदस्यले कोशी नामको पक्षमा मतदान गरेका थिए। एकीकृत समाजवादीका ४ र जसपाका १ प्रदेशसभा सदस्यले मात्र विपक्षमा मतदान गरेका थिए।

चैत ५ गते विराटनगरमा भएको प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बू लाजेहाङको मृत्यु भएपछि आक्रोशित आन्दोलनकारीहरुले प्रदेशका मन्त्री र मन्त्रीहरुको जिल्ला भ्रमणका क्रममा आवागमनमै अवरोध गर्न थालेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि झापाबाट इलाम जाने क्रममा बुधबारेमा गत चैत १३ गतेआक्रमणको प्रयास भएको थियो। सो घटनालाई लिएर एमाले अध्यक्ष ओलीले ज्यान लिन खोजेको आरोप लगाएका थिए। ओलीले विहीबार इलाममा भएको घटनालाई भने आफ्ना नेता राम रानाको आगो लगाएर हत्या गर्ने प्रयास गरेको दाबी गरेका छन्।

सो घटनालाई लिएर एमाले अध्यक्ष ओलीले विहीबार नै पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा सत्ताको संरक्षणमा आपराधिक घटना भइरहेकोजनाए ।

उनले भने ‘आज मात्र प्रदेशसभा सदस्य राम रानालाई मोबिल छर्किएर आलो लगाउन खोजे, पहिचानको नाममा हत्या प्रयास भइरहेको छ। ‘किरात प्रदेश राख्न खोजेको किन रहेछ भन्ने देखिँदैछ नि । नराख्दा यस्तो छ, राख्ने हो भने के हुन्थ्यो रु गैरकिरात भनेको त त्यहाँ बस्न पनि नपाउने रहेछ। ’, ओलीले यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै संलग्न रहेको आरोप लगाएका थिए।

एमाले अध्यक्ष ओलीको भाषणबाट उदेलित भएका एमाले सांसदहरुे शुक्रबार त्यही मेसोमा सरकारद्वारा संरक्षित गुण्डा लगाएर आक्रमण गरिएको दाबी गरे।

बुधबार प्रदेश सरकारले पहिचानबादीसँग वार्ता गर्न खानेपानी मन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा ३ सदस्यीय वार्ता समिति बनाएको थियो । सम्वाद हुन प्रदेश संसदीय उपनेतामाथिको आक्रमण र एमाले अध्यक्ष ओलीको अभिव्यक्तिले आन्दोलनमा घ्यु थप्ने काम गरेको छ।

एमालेले परशुराम मेघी गुरुङको नेतृत्वमा बनाएको राज्य पुनर्संरचना आयोगले समेत कोशी किराँत प्रदेशको प्रस्ताव राखेको थियो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० जेष्ठ २६, १६: ००

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० जेष्ठ २६, १६: ००

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० जेष्ठ २६, १६: ००

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...