समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणि र महासचिवमा रामकुमार विजयी – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणि र महासचिवमा रामकुमार विजयी

काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा विश्वमणि सुवेदी बिजयी भएका छन्। शनिवार राति सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन भने महासचिवमा रामकुमार एलन, कोषाध्यक्षमा कृपा भण्डारी लगायत निर्वाचित भएका छन्।

सो सङ्गठनको प्रथम राष्ट्रिय अधिवेशनको गत शुक्रवार नेकपा एकीकृत समाजबादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका थिए।

अध्यक्षमा निर्वाचित सुवेदीले १४७ मत ल्याएका थिए भने निकटतम प्रतिष्पर्धी भूपराज खडकाले ११९ मत र राघव शाहले १५ मत ल्याएका थिए। त्यस्तै खुला उपाध्यक्षमा नवराज छत्कुल्ली १५० मत ल्याएर विजयी हुँदा प्रतिष्पर्धी राजेन्द्र कुँवरले ११६ मत ल्याएका थिए।

महिला उपाध्यक्षमा अस्मिता गिरी १७१ मतसहित विजयी हुँदा उर्मिला कँुवरले ९० मतमा चित्त बुझाउनु पर्यो। सुदूरपश्चिम उपाध्यक्षमा नरेन्द्र भट्ट १७४ मत ल्याएर विजयी भए । उनका प्रतिष्पर्धी मीन ठकुरीले ८३ मत ल्याएका थिए। कोशी प्रदेशको उपाध्यक्षमा तीर्थ सिग्देल विजयी भएका छन्।

महासचिवमा रामकुमार एलन १३९मत ल्याएर विजयी भए। उनले आफ्ना निकटमत प्रतिष्पर्धी हृदय भुसालको भन्दा ९ मत बढी ल्याएका थिए।

उपमहासचिवमा प्रेम गौतम १६४ मत, प्रतिज्ञा बुढामगर १२२ लेखनाथ सिकारु १३९ मत ल्याएर विजयी भए। निकटतम प्रष्पिर्धी गोविन्द प्रसाद सुबेदीेले ८० धनराज वास्तविकले ८२, सबिन शर्माले ७० र देवीप्रसाद सापकोटाले ८२ मत ल्याएका थिए।

यस्तै खुला सचिवमा शिवप्रसाद ढुङ्गाना ११७मत,अनिल शाही १३६ मत, र पूर्ण बहादुर कार्की ८६ मत ल्याएर विजयी भए। पराजित भएका आशिष् गुरागाईँले ८६, धनवीर दाहालले ६३ समर रोकायाले ४१, निर्मल अधिकारीले ७९, शिवलाल सुबेदीले ७२ र तपेन्द्र कँुवरले २५ मत ल्याएका थिए ।

महिला सचिवमा कान्ति न्यौपानेले १२८ मत ल्याएर विजयी भइन् । उनका प्रतिष्पर्धी रमा न्यौपानेले ४२ र कालिका सिवाकोटीले १०२ मत ल्याएका थिए। दलित सचिवमा प्रदीप नेपाली १५१ मत ल्याएर विजयी हुँदा पराजित विष्णु रैगाइले ८९ मतमा चित्त बुझाउनु पर्यो ।

कोषाध्यक्षमा कृपा भण्डारी १३९ मत ल्याएर विजयी भइन् । रामचन्द्र बस्नेतले २७, मधुकर लुइँटेलले ४० र जमुना गजुरेलले ६० मत मात्र पाएका थिए।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०८० जेष्ठ २८, १४: २४

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०८० जेष्ठ २८, १४: २४

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०८० जेष्ठ २८, १४: २४

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...