अदालतको आदेशमा पूर्वगृहमन्त्री खाँण र सांसद रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा लगियो – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

अदालतको आदेशमा पूर्वगृहमन्त्री खाँण र सांसद रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा लगियो

काठमाडौं। जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधिसभाका सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री वालकृष्ण खाँण र सरकारका सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई सातादेखिको थुनछेक बहसपछि शुक्रबार १६ जनालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएका हुन्। न्यौपानेको इजलासले लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश दिएको छ। महर्जनलाई ५ लाख र टंककुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

झण्डै दुई महिना लामो अनुसन्धानपछि प्रहरीले सरकारी वकिलमार्फत ३० जनाविरुद्ध ठगी, लिखित किर्ते, राज्यविरुद्ध संगठित अपराधको कसुरमा गत जेठ १० गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।

अदालतमा २१ जेठदेखि नक्कली शरणार्थी प्रकरणमाथि थुनछेक बहस चलेको थियो। जिल्ला न्यायाधीश न्यौपानेको शुक्रबार इजलासले दिएको आदेश बमोजिम १६ जनालाई पुर्पक्षका लागि जगन्नाथ देवल (सुन्धारा) कारागारमा पुर्पक्षका लागि पठाइएको छ।

न्यौपानेको इजलासले पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाका पूर्वसहयोगी मानिएका केशव दुलाल र सानु भण्डारी, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल, सागर राई, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप, खाँणका स्वकीय सचिव नरेन्द्र केसी, गोविन्द चौधरी, रामशरण केसी, पूर्वसभासद् आङटावा शेर्पा, हज कमिटीका अध्यक्ष शम्शेर मिया र हरिभक्त महर्जन पनि थुनामा पुगेका छन्।

फरार रहेका २ आरोपितहरु भने अदालतमा उपस्थित भएपछि मात्रै बयान र थुनछेक बहस हुन्छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० असार १, १९: ४८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० असार १, १९: ४८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० असार १, १९: ४८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...