हिन्दी चलचित्र काठमाडौंमा चल्न नदिने मेयर बालेनको निर्णयबिरुद्ध चलचित्रसंघ अदालतमा – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

हिन्दी चलचित्र काठमाडौंमा चल्न नदिने मेयर बालेनको निर्णयबिरुद्ध चलचित्रसंघ अदालतमा

काठमाडौं । भारतीय चलचित्र आदिपुरुषको विवादस्पद दृष्य र संवादलाई लिएर काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरभित्र हिन्दी फिल्म चल्न नदिने भनी गरेको निर्णयविरुद्ध नेपाल चलचित्र संघ अदालत पुगेको छ।

आदिपुरुषमा जानककी छोरी सीता भारतमा जन्मिएको भन्ने शब्दलाई लिएर प्रमुख शाहले उक्त संवाद नसच्याएसम्म काठमाडौं महानगरमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका थिए। जसविरुद्ध बुधबार चलचित्र संघले उच्च अदालत पाटनमा मुद्धा दायर गरेको हो।

संघले दायर गरेको रिट निवेदनमा काठमाडौंका हलमा हिन्दी फिल्म सञ्चालन गर्न दिन अन्तरिम आदेशको माग गरिएको छ। सो रिटको पेसी बिहीबारका लागि तोकिएको छ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २०८० असार ६, १७: २१

काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...

अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
  • २०८० असार ६, १७: २१

काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
  • २०८० असार ६, १७: २१

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...