श्रीमानको स्वार्थमा अवरोध भएपछि सल्लाहकारबाट राजिनामा दिएकी अर्यालले लगाईन बालेनलाई आरोप – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

श्रीमानको स्वार्थमा अवरोध भएपछि सल्लाहकारबाट राजिनामा दिएकी अर्यालले लगाईन बालेनलाई आरोप

काठमाडौं । परिक्षाफल प्रकाशित नहुँदै शैक्षिक मेला आयोजना र नेपालकी विभूति सीता भारतमा जन्मिएकी हुन भन्ने भारतीय चलचित्र प्रदर्शनीमा रोक लगाएर नगरवासीको स्यावासी पाएका काठमाडौं महानगरका मेयर वालेन साहलाई उनकै एक सल्लाहकारले स्वार्थ बाझिएपछि अनेकौं फत्तुर थापेर राजिनामा दिएकी छन्।

महानगरपालिकाका प्रमुख शाहको लोकप्रीय निर्णयबाट आफ्नो स्वार्थ पुरा नहुने भएपछि मेयर शाहकै शिक्षा सल्लाहकार भएकी रेशु अर्याल ढुंगानाले बुधबार पदबाट राजीनामा दिएकी छन्।

उनका श्रीमान् भाष्कर ढुंगाना क्यूएफएक्स सिनेमा हल सञ्चालन गर्ने टिम क्वेस्ट प्रालिका निर्देशक हुन्। मेयर वालेनले भारतीय चलचित्र आदिपुरुषको बिबादस्पद संवाद नेपालवाहिर भने प्रदर्शन गरिएपछि सबै भारतीय चलचित्रहरु प्रदर्शनीमा रोक लगाएका थिए। यसरी आफ्ना श्रीमानको आम्दानी घट्ने देखेपछि सल्लाहकार अर्यालले पदबाट राजिनामा दिएकी हुन्।

सल्लाहकार अर्यालले मेयर शाहलाई लोकतान्त्रिक पद्धतिभन्दा पनि भीडको पछि लागेको झुटो आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन्।

आफूलाई शिक्षा क्षेत्र सुधारको विज्ञ दाबी गर्ने अर्यालले राजिनामा दिए पछि शैक्षिक माफियाहरुको सञ्जाल हिसानले आयोजना गरेको शैक्षिक मेला रोकेको विषयमा पनि मेयर शाहको गम्भीर आलोचना गरेकी छन्।

देशको राष्ट्रियताप्रति रत्तिभर सचेत नभएकी अर्यालले सिनेमा हलमा भारतीय चलचित्र प्रदर्शनी गर्न नदिएमा चिन्ता व्यक्त गर्दै चलचित्र हल संचालकहरु त्रसित भएको दाबी गरेकी छन्।

उनले फिल्मको विषयको विवाद आफ्नो पारिवारिक व्यवसाय पनि भएकाले महानगरमा बस्न आफूलाई नैतिक रूपमा पनि नमिल्ने भने स्वीकारेकी छन्। उनले आफू फिल्म व्यवसायमा पनि संलग्न भएकोले महानगरबिरुद्ध नै अदालतमा जाने योजना रहेको भने बताएकी छन्।

सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एडुकेसनबाट स्नातक र कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारका लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी उनले इमान्दारीता र महानगरको शैक्षिक अवस्थाको बेथिति भन्दा बिदेशी शैक्षिक उपाधि पाएकै आधारलाई आफूलाई अब्बल दाबी गर्दै आएकी थिइन्।

सामाजिक सञ्जाल फेसवुकमा राजिनामा सार्वजनिक गर्ने अर्याललाई सर्बसाधरणले सबै जसोले श्रीमानको व्यवसायी स्वार्थमा लागेर मेयरमाथि गलत आरोप लगाएको भनी असन्तुष्टि व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० असार ६, १८: ४८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० असार ६, १८: ४८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० असार ६, १८: ४८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...