ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर निर्वाचित – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था श्रमजीविहरुको साझा संगठन नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर निर्वाचित भएका छन्। कुवँरले आफ्ना प्रत्यासी महेन्द्र यादवलाई ६५ मतान्तरले पराजित गरेका हुन्।

कुवँरले ४४१ मत पाए भने यादवले ३७६ मत पाए। शुक्रबार शुरु भएको ट्रेड युनियन कांग्रेसको सातौं महाधिवेशनबाट अधिकांस पदाधिकारी र सदस्यका अन्य पदमा भने शेखर– गगन पक्षका उम्मेदवारले जितेका छन्।

संस्थापनइत्तर पक्षबाट वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की, खुला उपाध्यक्षमा गणेशबहादुर केसी, महिला उपाध्यक्षमा राधिका कुइँकेल खनाल, सेवा क्षेत्रतर्फको उपाध्यक्षमा नेत्रबिक्रम थापा, उत्पादन क्षेत्रतर्फको उपाध्यक्षमा ललितबहादुर श्रेष्ठ, अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपाध्यक्षमा राजेश पालिखे निर्वाचित भएका छन्।

यस्तै महासचिवमा संस्थापनइत्तरकै अजयकुमार राई ४६४ मत ल्याएर निर्वाचित हुँदा पराजित भएका डीपी अर्यालले ३३७ मत ल्याएका थिए। इत्तर पक्षबाटै खुलातर्फको उपमहासचिवमा जनार्दन भट्टराई र बलदेव तामाङ, महिला उपमहासचिवमा सुशीला घिमिरे निर्वाचित भएका छन्।

सेवा क्षेत्रतर्फको उपमहासचिवमा देवदत्त बडु र अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपमहासचिवमा रुकमणी थापा अर्चना, कोषाध्यक्षमा सञ्जयकुमार दाहाल र सहकोषाध्यक्षमा रसामाया गुरुङ निर्वाचित भएका छन्।

ट्रेड युनियन कांग्रेसको केन्द्रीय समिति ४९ सदस्यीय हुने व्यवस्था छ। संस्थापन पक्षबाट भने उत्पादन क्षेत्रको उपमहासचिवमा कुलबहादुर खड्का विजयी भएका छन्। सदस्यतर्फको मत गणना भने जारी छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० असार ७, १६: ३७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० असार ७, १६: ३७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० असार ७, १६: ३७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...