मुख्यसचिव डा.अर्याललाई नागरिक अभिनन्दन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

मुख्यसचिव डा.अर्याललाई नागरिक अभिनन्दन

काठमाडौं। नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई दक्षिणकाली नगरवासीको तर्फबाट नागरिक अभिनन्दन गरिएको छ।

करिव ३० वर्षसम्म निजामती सेवाका विभिन्न पदमा रहँदा इमान्दारपूर्वक कर्तब्यनिष्ठ राष्ट्रसेवकको भूमिका निर्वाह गरेको भन्दै दक्षिणकाली नगरवासिको तर्फबाट विहीबार आयोजित विशेष समारोहकाबीच नगरप्रमुख (मेयर) मोहन बस्नेतले ‘नागरिक अभिनन्दन’ गरेका हुन्।

२०२४ मंसिर ६गते तत्कालिन दक्षिणकाली गाविस वडा नं. ५ गोपालेश्वर हाल दक्षिणकाली नगरपालिका वडा नं. ७ मा जन्मिएका डा.अर्याललाई नेपाल सरकारको मुख्यसचिवमा पदोन्नति भएकामा हार्दिक वधाई दिँदै नगरप्रमुख बस्नेतले नगरवासीको तर्फबाट नागरिक अभिनन्दन गरेका हुन्।

मुख्य सचिव डा.अर्याल २०४६मा नायव सुब्बाबाट सरकारी सेवा प्रवेश गरी २०७५ असार ३ गते नेपाल सरकारको सचिव भएका थिए। उनलाई २०८० जेठ ३२ गतेको मन्त्रीपरिषद्को बैठकले नेपालको निजामति सेवाको सर्वोच्च पद मुख्यसचिवमा नियुक्ति गरेको थियो।

उक्त समारोहमा नागरिक अभिनन्दनबाट शुसोभित हुँदै मुख्यसचिव अर्यालले नेपालको प्रशाासन क्षेत्रको सर्वोच्च निकायमा पुग्न पाउँदा र जन्मथलोबाट सम्मान पाउँदा खुशीले गदगद भएको जनाए।

‘पदिय दायित्व निर्वाह गरीरहँदा धेरै कुरा गर्न नमिल्ने भए पनि दक्षिणकाली नगरपालिका र यहाँको विकासमा पूर्णरुपमा सहयोग रहन्छ’, डा.अर्यालले भने, ‘नागरिक अभिनन्दनबाट सम्मान गरेकोमा नगरपालिकालाई धन्यवाद दिन चाहन्छु।’

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् सोही क्षेत्रका जनप्रतिनिधि सांसद राजनकुमार केसीले यस क्षेत्रका नागरिक आज नेपालको प्रशाासन क्षेत्रको सर्वोच्च शिखर मुख्य सचिव जस्तो पदमा पुग्नु भएकोमा काठमाडौंको क्षेत्र नम्वर १०ले विकासको फड्को मार्ने विश्वास व्यक्त गरे।

नगर प्रमुख बस्नेतले सरकारका मुख्य सचिवलाई अभिनन्दन गर्ने मौका पाउँदा नगरपालिका गौरवान्वित भएको र प्रसासन क्षेत्रको सर्वोच्च पदमा पुग्नु भएका नगरवासी मुख्यसचिव अर्याल अभिनन्दन भएको हुँदा नगरवासीले उहाँप्रति सम्मान व्यक्त गरेको बताए।

उपमेयर बसन्ती श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने अभिनन्दन समारोहको संचालन नगरपालिकाका अधिकृत दिपक केसीले गरेका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० असार ७, १८: ४९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० असार ७, १८: ४९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० असार ७, १८: ४९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...