
काठमाडौं। नेपाली काँग्रेस सिन्धुपाल्चोकका निर्वतमान सभापति विकास लामाको गएराति निधन भएको छ।
विगत लामो समयदेखि क्यान्सर रोगबाट पीडित लामाको उपचारको क्रममा गए राति बीर अस्पताल काठमाण्डौंमा निधन भएको हो।
विद्यार्थीकालदेखि नेपाली काँग्रेससँग आवद्ध रही राजनीतिमा सक्रिय रहेका ६४ वर्षिय लामा नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा जिल्ला सभापतिमा निर्वाचित भएका थिए भने २०७८ मा भएको पार्टीको १४औं महाधिवेशनमा सहमहामन्त्रीको प्रत्यासी थिए।
लामाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि शनिबार दिनभरि काठमाण्डौंको बौद्धस्थित तीनचुलीमा रहेको ह्योल्मो गुम्बामा राखिने र आइतबार (भोलि) मात्र लामा संस्कार अनुसार दाहसंस्कार गरिने नेपाली काँग्रेस सिन्धुपाल्चोकाले जनाएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...