प्रेस युनियन काठमाडौंको अध्यक्षमा गौतम निर्वाचित – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रेस युनियन काठमाडौंको अध्यक्षमा गौतम निर्वाचित

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाको नवौं महधिवेशनबाट राजधानी दैनिकका पत्रकार महेश्वर गौतम अध्यक्षमा निर्वाचित भएका छन्।

३४ सदस्यीय कार्यसमितिको बुधबार साँझ सम्पन्न निर्वाचनमा गौतमले प्रतिष्पर्धी दिलिपप्रकाश कार्कीलाई १८६ मतान्तरले पराजित गरी अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षमा गौतमले ३१५ मत ल्याउँदा उनका प्रतिष्पर्धी कार्कीले १२९ मतमा चित्त बुझाउनु परेको थियो।

उपाध्यक्ष खूल्लातर्फ रोमन आचार्य र उपाध्यक्ष समावेसीतर्फ श्रद्धा कोइारला सर्वसम्मतले चयन भए । सचिवमा भने सन्तोष अधिकारी २८५ मत ल्याएर विजयी हुँदा उनका प्रतिष्पर्धी केशव प्रसाद पाण्डेले १५९ मत ल्याएका थिए ।

यस्तै सहसचिव पूजा वगाले र कोषाध्यक्ष प्रदीप कार्की (भेषराज) सर्वसम्मतले निर्वाचित भए। अध्यक्ष र सचिववाहेकका पदमा सर्बसम्मत भएको थियो ।

यसरी सर्वसम्मत रुपमा जिल्ला समिति काठमाडौंको सदस्यमा निर्वाचित हुनेहरुमा प्रविन भुषाल, शिवलाल पौडेल, विसाल पुरी, कृष्णवहादुर कार्की, भुपेश उपाध्याय, कविन अधिकारी, ओमप्रकाश राउत र निकेश अधिकारी छन्।

त्यस्तै, जिल्ला सदस्यमा निर्वाचित अन्य सदस्यहरुमा सरोज वस्याल, मदन रिजाल, सागर जोशी, देवीप्रसाद पाण्डे (डेविड), राजु थापा, प्रसनन मुलिक, मनोज भण्डारी, किशोर दाहाल, रामचन्द्र मिश्र, अनुप प्रधान र मिन्साङ लामा छन्।

रमेश सेन्चुरी, विनिता क्षेत्री, मुना दाहाल (आईसा), सिर्जना मिश्र, सकुन्तला रानामगर, प्रकृति खड्का, केसिना ढकाल सर्वसम्मतले निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रदीप सत्यालले जानकारी दिए।

अधिवेशनका लागि सत्यासलसहित , निर्वाचन अधिकृत शैलेन्दै शर्मा गौडेल र कृष्णकुमार सापकोटाले निर्वाचन सम्पन्न गराएका थिए । करिव ७६० जना सदस्य रहेको काठमाडौं शाखामा ४५४ मत मात्र खसेको थियो । ११ मत बदर भएको थियो ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० असार १२, १३: १५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० असार १२, १३: १५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० असार १२, १३: १५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...