अदालतमा विचाराधिन मुद्धाको अनुसन्धानलाई प्रभावित नगर्न प्रहरीको आग्रह – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

अदालतमा विचाराधिन मुद्धाको अनुसन्धानलाई प्रभावित नगर्न प्रहरीको आग्रह

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय र त्यसका प्रमुखलाई जोडेर सोमबार र मंगलबार प्रकाशित भुटानी शरणार्थी प्रकरणमा प्रकाशित समाचार झुटो भएको भन्दै नेपाल प्रहरीले गम्भीर आपत्ति प्रकट गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी (बरिष्ठ प्रहरी उपरिषक दिनेशराज मैनालीद्वारा बुधबार प्रकाशित प्रेस विज्ञप्तिमा अदालतमा विचाराधिन मुद्दाको अनुसन्धानलाई जोडेर लेखिएको सो समाचार तथ्यहिन, झुटो काल्पनिक र भ्रमपूर्ण भएको भन्दै त्यसतो समाचारमा कुनै सत्यता नरहेको बताइएको छ ।

उपत्यका प्रहरी कार्यालयले प्रहरी संगठनको नेतृत्व र मातहतका निकायहरुबीच आदेश, कमाण्डको श्रृङ्खला नै खलबल्याने, फाटो ल्याउने मनसायले लेखिएको सामग्रीेले संगठनलाई विवादमा ल्याउने भन्दै सो समाचारप्रति निन्दा व्यक्त गरेको छ ।

सोमबार र मंगलबार राजधानीबाट प्रकाशित एक पत्रिकाले भुटानी शरणार्थी ठगी प्रकरणमा नेपाली कांग्रेसका नेताहरुको नाम जोडेर समाचार प्रकाशित गरेको थियो । जुन समाचारप्रति प्रेस काउन्सिल नेपालले समेत आपत्ति जनाई सकेको छ ।

यस्तो छ विज्ञप्ति –

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० असार १३, १८: ३८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० असार १३, १८: ३८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० असार १३, १८: ३८

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...