
जनकपुरधाम । शसस्त्र माओबादी द्वन्द्वमा परेर ज्यान गुमाएका सहिद परिवारले सहिद प्रतिष्ठानलाई उपलब्ध गराउने भनेको रकम नदिएपछि मधेश प्रदेशको गृह मन्त्रालयमै तालाबन्दी गरेका छन्।
जिल्लाका विभिन्न भागबाट आएका ‘जनयुद्ध’का सहिद परिवारले प्रदेशको गृहसहित सञ्चार तथा कानुन मन्त्रालयमा समेत आइतबार तालाबन्दी गरेका हुन्। ती मन्त्रालयमा तालाबन्दी गर्नुअघि मुख्यमन्त्री सरोजकुमार यादवलाई उनीहरुले भेट्ने प्रयास गरे पनि असफल भएका थिए।
सहिद प्रतिष्ठानले दिने घोषणा गरेको तीन लाख रुपैयाँ नदिएको भन्दै मन्त्रालयमा तालाबन्दी गरेका हुन्। मधेश सरकारले गत वर्ष नै जनयुद्धमा सहिद भएका परिवारलाई किस्ताबन्दीमा तीन लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो।
प्रतिष्ठानले तीन वर्षसम्म एक–एक लाख रुपैयाँ उपलब्ध गराउने कार्यक्रम रहेको भए पनि यसपटक सहिद परिवारका सदस्यले पैसा पाएका छैनन्।
सरकारले गत फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको नाम र ठेगानाको आधारमा रकम दिने भनेको थियो। सहिद परिवारले गतवर्ष जस्तै प्रमाण पत्रको आधारमा रकम पाउनु पर्ने माग गरेका छन्।
सहिद घोषणामा कतिपयको नाम र ठेगाना गलत भएकाले प्रतिष्ठानले सच्याएपछि मात्र दिने र सो काम सरकारको भएको सहिद परिवारका सदस्य राजु महतोले बताए। असार मसान्तभित्र राहत रकम नपाए छुट्याइएको बजेट फ्रिज हुने र नपाउने चिन्ता सहिद परिवारलाई छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...