
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्तिहरु नगर्न पार्टी संगठनका सबै तहका पदाधिकारी, सदस्यहरुलाई आग्रह गरेको छ।
पार्टीको प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकमाको अध्यक्षतामा सोमबार पार्टी मुख्यालय सानेपामा बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले पार्टी सभापति शेरबहादुर देउवालाई सम्पूर्ण विभागका प्रमुख लगायत सदस्यहरुका तर्फबाट धन्यवाद ज्ञापन गर्दै कांग्रेसको सरकारले हालसम्म गरेका राम्रा कामको सन्देश जनसमक्ष पुयाउने निर्णय समेत गरेको छ।
प्रचार विभाग प्रमुख विश्वकर्माले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा विभागको दैनिक गतिविधिलाई गतिशिलताका साथ प्रभावकारी रुपमा संचालन गर्न पदाधिकारी सहितको सचिवालय गठन गर्ने र विभागको कार्यालय पार्टीको केन्द्रीय कार्यालय भवन सानेपामा राख्ने निर्णय भएको बताइएको छ।
विभागको सो बैठकले विभागका सदस्यहरुको विशिष्ट ज्ञान, क्षमता अनुसार कार्यविभाजन गर्ने उद्देश्यले व्यक्तिगत विवरण संकलन गर्ने र विभागको आफ्नै वेभसाईट र आधिकारिक समाजिक संजाल सञ्चालन गर्ने र हाल संचालित पार्टीको नाम, झण्डा र चुनाव चिन्ह राखी खोलिएका विभिन्न सामाजिक संजाल र अन्य पेज चलाउनेहरुलाई विभागमा एक महिनाभित्र सम्पर्क गर्न आव्हान गर्ने निर्णय गरेको छ।
अनधिकृत रुपमा पार्टीको नाम झण्डा र चुनाव चिन्हको प्रयोग गरी सामाजिक सञ्जाल संचालन गर्नेलाई कानुनी दायरामा ल्याउने समेत बेठकले निर्णय गरेको छ ।
बैठकले विभागको कामलाई प्रभावकारी बनाउन विभागका सदस्य दिपक कुइँकेलको संयोजकत्वमा निर्देशिका मस्यौदा समिति र गोपाल कुमार झाको संयोजकत्वमा कार्ययोजना तर्जुमा समिति गठन गर्ने निर्णय गरेको छ ।
दुबै समितिलाई १५ दिनभित्र आफ्नो प्रतिवेदन विभागका प्रमुखलाई बुझाउने निर्णय गरेको छ । निर्देशिका मस्यौदा समितिको सदस्यहरुमा गोविन्द परियार, गणेश के सी., लिलाराज खनाल, अनुषा नेपाल, राजबहादुर गुरुङ्ग र निमग हुमागाई रहेका छन्।
कार्ययोजना तर्जुमा समितिको सदस्यमा भने तिलक राई, उमिद वागचन, ई हुकम बुढा, विष्णु तिम्सीना, ई राघव गौतम र रम्मा मिश्र रहेका छन्।
प्रचार विभागको सो बैठकले नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको आज पर्न गएको शताब्दीऔं जन्म जयन्तीको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै गुरुपूर्णिमाको अवसरमा सम्पूर्ण गुरुज्यूहरुप्रति हार्दिक सम्मान व्यक्त गरेका थियो।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...