
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउने प्रसाय गर्दै नेपालको कुपण्डोलस्थित गुरुद्वाराका सरदार प्रितम सिंह धेरै पटक भारत गएको बताएका छन्।
सिंहको ८८ औं जन्मदिवसको अवसरमा उनले भारतबाट नेपाल आएर उपत्याकाको यातायात क्षेत्रमा दिएको योगदानलाई समेटेर तयार पारिएको पुस्तक ‘रोड्स टु दी भ्याली’ को राजधानीमा सोमबार आयोजित कार्यक्रममा विमोचन गर्दै प्रधानमन्त्री दाहालले सरकार सिंहको बारेमा यस्तो बताएका हुन्।
प्रचण्डले नेपालको यातायात क्षेत्रको विकाससँगै सिंहले शैक्षिक र सामाजिक क्षेत्रमा दिएको योगदानको खुलेर प्रशंसा मात्र गरेनन् कि आफूलाई प्रधानमन्त्री बनाउनका लागि सिंहले धेरै पटक नयाँ दिल्ली गएको र त्यहाँका नेताहरुसँग कुराकानी गरेको बताए।
सरदार सिंहकी छोरी किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु दी भ्याली’ को बारेमा चर्चा गर्दै प्रधानमन्त्री दाहालले शीख समुदायको संरक्षण र प्रबद्र्धनमा सिंहले गरेको योगदान आफूले कुपन्डोलको गुरुद्वारामा गएर महसुस गरेको समेत बताए।
नेपाल र भारतका जनताको सम्बन्धलाई विकास गर्न सरदार सिंहको योगदान रहेको भन्दै प्रधानमन्त्रीले प्रितम सिंहले राजनीतिमा पनि रुचि राख्ने भन्दै उनले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गरेको र धेरैचोटि दिल्ली गएको प्रसंग कोट्याए।
काठमाडौंका पार्टी र नेताहरुसँग पनि लगातार छलफल गरी राजनीति सफा भए मात्रै देश पनि विकास हुन्छ भन्ने ठानेका सिंहले शान्ति प्रक्रिया सुरु भएपछि माओबादी नेतृ पम्फा भूसालसँगको सम्पर्कबाट सिंहलाई चिन्न पाएको दाहालले बताए।
‘हामीले एक अर्कालाई चिन्ने बुझ्ने मौका पायौं, मेरो ठूली छोरीलाई क्यान्सर हुँदा उहाँले निकै ठूलो सहयोग गर्नुभएको छ, मेरो परिवार नै उहाँप्रति नतमस्तक छ’, उनले कृतज्ञता व्यक्त गर्दै भने।
सिंहले जम्मुबाट नेपालमा थुप्रै ट्रक तथा मजदुर ल्याएर यातायात क्षेत्रमा योगदान दिएका छन्। आजभन्दा ७० वर्षअघि नै नेपाल आएका सिंहले यातायातका साधन र जनशक्ति तथा सीप प्रदान गरेका थिए। उनको परिवारका सदस्यहरुले नेपालमा शिक्षा र यातायात क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन्। सिंह मोडर्न ईण्डियन स्कुल संचालक समितिका सचिव पनि हुन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...