
धनगढी । नेपाल प्रेस युनियन कैलाली शाखको छैठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा सिताराम ओझासहित १८ जना पदाधिकारी तथा सदस्यहरु सर्वसम्मतले निर्वाचित भएका छन्।
सोमबारदेखि शुरु भएको नेपाल प्रेस युनियन कैलालीको छैठौं अधिवेशनको दोश्रो दिन मंगलबार साँझ अध्यक्षसहित १८ पदमा सर्बसम्मतले नेतृत्व चयन भएको हो।
युनियनको कैलाली जिल्ला शाखाको उपाध्यक्षमा खुल्लातर्फ सुनिल आउजी र महलिातर्फ अनिता चौधरी, सचिवमा शंकर बोहरा, कोषाध्यक्ष गगन अयडी र सहसचिवमा रमा चन्द चयन भएका छन्।
यस्तै अधिवेशनबाट खुला सदस्यतर्फ शेरबहादुर ऐर, रमेश आयडी, राजकुमार साउद, पदमराज भट्ट, पुस्कर पौडेल र केशव सिंह धामी चयन भएका छन् । महिला सदस्यतर्फ भने शारदा फुलारा जैशी, यमुना सावँद र भगवती सुनार चयन भएका छन्।

आदिवासी जनजाति सदस्यतर्फ जिवन चैधरी, सदस्य मधेशीतर्फ सौरभ राना र सदस्य पिछडिएको क्षेत्र तथा अल्पसंख्यकबाट विवेक नागरी निर्वाचित भए ।
नयाँ पदाधिकारी तथा सदस्य चयनसहित अधिवेशन सम्पन्न गर्न नेपाल प्रेस युनियनले पूर्ववरिष्ठ उपाध्यक्ष दामोदर प्रसाद दवाडीलाई केन्द्रीय प्रतिनिधिको रुपमा जिम्मेवारी दिइएको थियो।
युनियनको छैठौं जिल्ला अधिवेशनको सोमबार परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले उद्घाटन गरेका थिए। नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुसहित जिल्ला सभापति, सुदूरपश्चिम प्रदेशका युनियन अध्यक्ष मनमोहन स्वाँर, नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष योगेश रावल, बरिष्ठ पत्रकार करुणाकर पाण्डे, युनियनका प्रदेश महासचिव हरिष भट्ट, पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाह, प्रेस युनियन कैलालीका पूर्वअध्यक्ष जगत साउद लगायतले शुभकामना दिएका थिए।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...