
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै बुधबारको प्रतिनिधि सभा बैठकमा बिरोध गरेपछि सभाको बैठक स्थगित भएको छ।
अपराह्न ४ बजे बसेको संसदको सो बैठकको सुरुमै बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीले बोलेको कुराले नेपालको स्वाभिमानमा ठेस पुगेको भन्दै नैतिकताको आधारमा राजीनामा मागेका थिए।
।
प्रमुख प्रतिपक्षी दल एमालेसहित विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत प्रधानमन्त्री दाहालले सोमबार एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभाको बैठकमा राजिनामा माग्दै रोष्टम घेराउ गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन्।
सरदार प्रितम सिंहले लेखेको पुस्तक रोड टु द भ्याली नामक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै पटक दिल्ली धाएका कारण सम्भव भएको भन्दै दिएको अभिव्यक्तिलाई लिएर एमाले सांसद पन्तले सो अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाधीनतामा आघात पुगेको बताउँदै नैतिकताको आधारमा राजीनामा दिनु पर्ने माग गरेका हुन्।
‘प्रधानमन्त्रीज्यूले जे कुरा बोल्नुभयो, यो कुराले नैतिकताका आधारमा उहाँले प्रधानमन्त्रीको पदमा बस्न उपयुक्त हुँदैन। उहाँले राजीनामा गर्नुस् र त्यो मान्छे प्रधानमन्त्री बनोस्, जो बनोस्, दलहरूले छलफल गरेर बनाउनुहोला, तर दिल्लीतिर नफर्किने नेपालतिरै फर्किने प्रधानमन्त्री चाहियो । जसले यो देशको स्वाभिमान, यो देशको गरिमा, यो देशको मर्यादालाई रक्षा गर्न सकोस्’, सांसद पन्तले भने।
सांसद पन्तले प्रधानमन्त्री प्रचण्डको सो अभिव्यक्तिमाथि मेचीदेखि महाकालीसम्मका नेपालीले प्रश्न गरेको भन्दै लेन्डुप दोर्जेको नेपाली संस्करण नचाहिएको टिप्पणी गरे।
उनले भारत भ्रमणको क्रममा प्रचण्डले नेपालको सीमा मिचिएको विषयमा नबोलेको बताउँदै प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने चेतावनी दिए।
सभामुख देवराज घिमिरेले सांसदहरूलाई आसन गर्न आग्रह गर्दै माओवादी सांसद छिरिङल्हामु शेर्पालाई बोल्न समय दिएपछि एमाले सहितका विपक्षी सांसदहरू रोष्टम घेर्न पुगेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन्।
यसअघि एमाले सांसदहरुले प्रधानमन्त्री दाहालको राजिनामा माग गर्दै राष्ट्रिय सभाको बैठक चल्न दिएका थिएनन्।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...