श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गराउन प्रेस युनियनद्वारा महानिर्देशकको ध्यानाकर्षण – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गराउन प्रेस युनियनद्वारा महानिर्देशकको ध्यानाकर्षण

काठमाडौं । नेपाल प्रेस युनियनले श्रमजीवि पत्रकार ऐन कडाईका साथ कार्यान्वयन गराउन सूचना तथा प्रशारण विभागका महानिर्देशक शंकर नेपालको ध्यानाकर्षण गराएको छ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव प्रसाद लम्सालको नेतृत्वमा गएको युनियनको पदाधिकारी टोलीले विभागद्वारा असार १९ गते मंगलबार जारी गरेको सूचनाको बुँदा नम्वर ४ का केही प्रावधान हटाउन आग्रह समेत गरेको छ।

युनियनको आग्रह बमोजिम विभागले पाँच जनाभन्दा कम दरबन्दी भएको सञ्चारगृहहरुलाई विवरण पठाउँदा न्युनतम परिश्रमिक प्रदान गर्ने प्रतिवद्धता पेश गर्नु पर्ने प्रावधानलाई यथावत राखेर तलबी विवरण र बैंकको तलव भुक्तानी गरिएको प्रमाणीत पत्र पेश गर्नु पर्ने प्रावधानलाई हटाउने सहमति भएको युनियन अध्यक्ष लम्सालले बताए।

भेटमा युनियनको प्रतिनिधि मण्डलले स्वरोजगार मिडियामा कार्यरत संचारकर्मीहरुले विगतमा पत्रकार परिचय पत्र प्राप्त गर्न विगत वर्षमा जुन जुन मापदण्ड अपनाएका थिए त्यसैलाई निरन्तरता दिन र ठूला सञ्चारगृहको हकमा श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको अनुगमन गर्न आग्रह गरेको छ।

ठूला सञ्चार गृहले श्रमजीवि पत्रकार ऐन विपरित श्रमजीवि पत्रकारलाई नियुक्ति पत्र नदिई काम लगाउने गरेको, नियुक्ति दिए पनि न्युनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरे बमोजिमको पारिश्रमिक नदिएको र बैंक विवरण र नियुक्ति पत्र विभागमा नक्कली पेश गर्ने गरेकाले त्यसको कडाईका साथ कार्यान्वयन गर्न प्रेस रजिष्ट्रारको समेत जिम्मेवारी लिएका विभागका महानिर्देशक नेपालसँग आग्रह गरिएको अध्यक्ष लम्सालले बताए।

युनियनको टोलीले समानुपातिक विज्ञापन वितरणको व्यवस्था गर्न, संचारकर्मीलाई नियुक्ति बिना नै काम लगाउने संचारमाध्यमलाई कारबाही गर्न आग्रह गरेको थियो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० असार २०, १९: २९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० असार २०, १९: २९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० असार २०, १९: २९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...