कोशी प्रदेशमा कांग्रेसका थापाले मुख्यमन्त्रीको दाबी आजै पेश गर्ने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कोशी प्रदेशमा कांग्रेसका थापाले मुख्यमन्त्रीको दाबी आजै पेश गर्ने

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्।

नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरुको समर्थन लिएर थापा बिहीबार साढे ४ बजे मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालय जाने भएका हुन्।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार बिहीबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बिहीबार साढे ४ बजे थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताए । उनले सभामुखसहित ४७ जना सांसदको समर्थनमा थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी भएको पनि बताए।

कोशी प्रदेशसभाका ९३ सांसदमध्ये कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक गरी ४७ प्रदेशसभा सदस्यको समर्थन थापालाई छ। कांग्रेसले राप्रपाको पनि समर्थन लिने प्रयास गरे पनि सफल हुन सकेन।

बिहीबार विहानसम्म राप्रपालार्ई गठबन्धनमा ल्याउन प्रयास गरेको थियो। तर, राप्रपाले समर्थन गर्न नसक्ने जनाएपछि सत्तारुढ गठबधन दलका प्रदेश सभा सदस्यको समर्थन लिएर थापा प्रदेश प्रमुखको कार्यालय जान लागेका हुन्।

बिहीबार गठबन्धनको तर्फबाट सभामुखसहित ४७ समर्थन देखाएपछि प्रदेश प्रमुख खापुङले कांग्रेस नेता थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ। थापाको शपथ ग्रहण र मन्त्रिरिषद विस्तार भने शुक्रबार हुनेछ।

सत्ता गठबन्धनले सभामुखलाई प्रयोग गरेर सरकारमा दाबी पेश गर्ने तयारी गरेपछि नेकपा एमालेले विरोध जनाएको छ। एमाले सांसद लिलाबल्लभ अधिकारीले सभामुखलाई जोडेर मुख्यमन्त्रीमा दाबी पेश गरे संविधान विपरीत हुने र सभामुखलाई भविष्यमा नैतिक संकट पर्ने दाबी गरे।

कांग्रेसको कोशी प्रदेशमा संसदीय दलका नेता रहेका थापा झापाबाट समानुपातिक सांसदमा निर्वाचित भएका थिए। यसअघिका मुख्यमन्त्री हिक्मत कार्की भने झापाकै क्षेत्र नम्वर ५ ‘क’बाट निर्वाचित भएका थिए।

राप्रपा अध्यक्ष राजेन्द्रकुमार लिङ्देनको संघीय संसदको निर्वाचनमा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग २०७४ र २०७९ मा प्रतिष्पर्धा भइरहेको अवस्थामा उनी सिटौला निकटका थापालाई मुख्यमन्त्रीमा समर्थन गर्न राप्रपाले आनाकानी गरेको राप्रपाका नेताहरु बताउँछन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० असार २१, १५: ३२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० असार २१, १५: ३२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० असार २१, १५: ३२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...