
काठमाडौँ । काठमाडौँको ठमेलस्थित लड{ अफ द ड्रिंक्स (एलओडी) क्लबका सञ्चालक रुदिलवल्लव श्रेष्ठ र राजुसिंह सुवाल पक्राउ परेका छन्।
उनीहरुलाई बिहीबार साँझ प्रहरीले बालुवाटारबाट पक्राउ गरेको हो। क्लबमा पुगेकी नाबालिग बलात्कृत घटनामा सञ्चालक सुवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
यसअघि बिहीबार नै जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुईजना सञ्चालक श्रेष्ठ र सुवालविरुद्ध पक्राउ अनुमति लिएको थियो।
एलओडी क्लब पुगेकी १५ वषी{या नाबालिगलाई पोखरा घर भएका ५० वषी{य सुदन कोइरालाले ललितपुरस्थित आफ्नो कोठामा लगेर बलात्कार गरेको आरोप लागेको थियो। कोइरालालाई भने प्रहरीले पक्राउ गरिसकेको थियो।
गत जेठ ३१ गते बिहान बागडोलस्थित काया{लयमा बलात्कृत भएको भन्दै पीडित किशोरीले प्रहरीसमक्ष किटानी जाहेरी दिएकी थिइन। जाहेरीपछि कोइरालालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो।
बयानका क्रममा कोइरालाले पीडित भनिएकी किशोरी उमेर पुगेको दाबी गरेका थिए। ‘उमेर नपुगेको केटीले क्लबमा प्रवेश नै पाउँदैन, त्यसैले ऊ नाबालिग होइन’, कोइरालाको बयान थियो।
उनको बयानपछि प्रहरीले एलओडीका सञ्चालकलाई पनि छानबिनको दायरामा ल्याएको हो। नाबालिगलाई एलओडी प्रवेश दिएको विषयलाई लिएर प्रहरीले क्लबका सञ्चालकद्वयलाई पक्राउ गरेको हो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...