
काठमाडौँ। लगातार वर्षा हुन थालेपछि सिन्धुपाल्चोकस्थित मेलम्चीको नदीको पानी सुरुङमा खलाल्ने ढोका बन्द गरिएको छ।
सिन्धुपाल्चोकको मेलम्ची नदीको माथिल्लो भागमा लगातार वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा एक साताअघि नै सुरुङको ढोका बन्द गरिएको हो।
नदीमा धमिलो पानी आउन छाडेपछि मात्र सुरुङको ढोका खोलिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।
“आयोजनाले लगातार वर्षापछि बाढी आउने हुँदा हाललाई सुरुङ बन्द गरेको हो’, सूचना अधिकारी पन्तले भने, ‘वर्षा रोकिए सङ्लो पानी आएको अवस्थामा पुनः पानी सुरुङमा खसालिने छ।’
आयोजनाले काठमाडौँ उपत्यकामा पानी यस वर्ष वर्षाभर नै बन्द नगर्ने गरी योजना बनाएको थियो। लेदोसहितको पानी आएपछि सुरुङ केही समय बन्द गरिएको हो।
मेलम्चीको पानी विगत वर्षमा पनि हिउँदमा काठमाडौँ ल्याइएको भए पनि वर्षामा सुरुङ बन्द गरिएको थियो। विसं २०७८ असार १ गते मेलम्चीमा बाढी आउँदा आयोजनामा क्षति पुगेको थियो । क्षति भएका संरचनाको मर्मत सम्भार गरेपछि सोही वर्षको चैतमा पुन पानी सुरुङबाट काठमाडौमा पथान्तरण गरिएको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...