
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिमण्डल पुनर्गठनमा समेत मन्त्री हुन नपाएपछि माओवादी पृष्ठभूमिका नेता तथा नेकपाका २ नम्वर प्रदेश अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति गम्भिर आरोप लगाएका छन् ।
कार्यसम्पादनलाई मापदण्ड बनाएर मन्त्री हटाउने आधार तय गरेको भनिए पनि त्यसो हुन नसकेको आरोप लगाउँदै पूर्वमन्त्री प्रभु साहले सामाजिक संजालबाट आफ्नो रिस पोखेका छन् ।
उनले ‘कार्यसम्पादनको आधारमा मंत्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि अन्तत गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो । मन्त्री हटाउदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखीएन । योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरी एक चोटी लज्जित भएकाछौ’ भन्दै असन्तुष्टी जनाएका छन् ।
साहको भनाईलाई कटाक्ष गर्दै नेकपा केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले लाज लागेको प्रतिक्रिया दिएका छन् । उनले पार्टीका केन्द्रीय सदस्य तथा २ नम्बर प्रदेशका अध्यक्ष प्रभु साहको यो स्टाटस देख्दा लाज लागेको छ । मन्त्रीका लागि अपेक्षा गर्नु वा दौडधुप गर्नु एउटा कुरा हो । तर, निर्णय भइसकेपछि ‘लेनदेनकै आधारमा’ गरेको भन्नु आपत्तिजनक छ ।
कसैले उहॉसँग यति ‘लेनदेन गरेपछि मन्त्री बनाइदिन्छु भनेको थियो भने बेग्लै कुरा, नत्र यति हावादारी कुरा कसरी गर्न मिल्छ ? पार्टीको अनुशासन आयोग भर्खरै बनेको छ । यस्ता अराजक र अनुशासनहीन अभिव्यक्तिप्रति ध्यान जान जरूरी छ । अँ, साच्चै काशी तिवारी हत्याकाण्डको फाइल पनि खुल्न लागेको हो र ? सभामुखमाथि त निर्मम रूपमा प्रस्तुत हुने सरकार र पार्टी नेतृत्वले कसैमाथि ढाकछोप गर्दैन है ।’
बीरगंजमा माओवादी द्धन्द्धको समयमा हत्या गरिएका काशी तिवारीको घटनामा तत्कालिन माओवादीका नेता प्रभु साहलाई आरोप लाग्दै आएको छ । साहले पार्टी अनुसाशन उल्लंघन गर्ने वा पार्टी नेतृत्वको आलोचना गरेमा कांग्रेस सांसद मोहम्मद अफताव आलमको हालत हुने चेतावनी घुमाउरो भाषामा दिएको स्रोतको दाबी छ ।
काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...
तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...