
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले सत्ता स्वार्थका लागि संविधान मिच्ने गरेको आरोप लगाएका छन्।
एमाले समर्थित अखिलको स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै ओलीले बहुमत नभएका पार्टीहरु एक ठाउँमा मिलेर, स्वार्थ बाँडेर, देशका हितलाई चकनाचुर पारेर बर्थडेको केक काटे झैं राष्ट्रहका हितहरु काटकुट पारेर सत्ता बनाउने र टिकाउने खेल खेलिरहेको आरोप लगाए।
ओलीले मरिसकेको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गरको भन्दै विधिसम्मत अगाडि बढाउन आफूहरु तयार हुँदाहुँदै पनि संविधान मिचेको बताए।
ओलीले भने ‘स्वार्थहरुको कित्ताकाट गर्ने अहंकार पलाएर संविधान नमान्ने ठाउँमा पुगिसकेका छन्। मरिसकेको विधेयक मन्त्रिपरिषद्ले प्रमाणीकरण गर्न पठाइयो। सभामुखलाई थाहा छैन।’
उनले संविधान मिच्न राष्ट्रपति उत्ताउलो बनेको आरोप समेत लगाए। प्रमुख प्रतिपक्षी दलका नेता ओलीले कोशीमा सभामुखले गठबन्धनको आदेशअनुसार संविधान मिचेको जिकिर गरे।
सोही कार्यक्रममा राष्ट्रपति, सत्ता गठबन्धन र कोशी प्रदेशसभाका सभामुखले संविधान मिचेको आरोप लगाएका ओलीले सत्ता गठबन्धनसँग संविधान मिच्न बहुमत नभएकाले त्यस्तो गर्न नसक्ने जिकिर पनि गरे।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...