काठमाडौं। ललितानिवास जग्गा प्रकरणमा संलग्नताको आशंकामा सञ्चार तथा सूचनाप्रविधि सचिव कृष्णबहादुर राउत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनबाट जनकपुर जान लाग्दा पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले आइतबार राउतलाई विमानस्थलबाटै नियन्त्रणमा लिएको सीआईबीकी निर्देशक प्रहरी अतिरिक्त महानिरिक्षक एआईजी किरण बज्राचार्यले जानकारी दिइन्। सीआईबीले सचिव राउत पक्राउ गरेपछि प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराइसकेको छ।
सीआईबीले आइतबारै सो प्रकरणमा समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याललाई पनि पक्राउ गरेको थियो। बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी जग्गा हिनामिना प्रकरणमा राउतसहित थप ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
ललितानिवासको जग्गा व्यक्तिको नाममा पास गर्न भूमिका खेल्नेहरु तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पक्राउ पुर्जी प्रहरीले लिइसकेको छ। पक्राउ पुर्जी जारी भएकामध्ये पूर्वसहसचिव सुधीर शाह र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ प्रहरी हिरासतमा छन्।
ललिता निवासको १४३ रोपनी जग्गामध्ये ११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ।
२०४९ सालदेखि २०६९ सालको अवधिमा ललितानिवासको जग्गा हिनामिना भएको थियो। सीआईबीले यो प्रकरणमा अहिले सरकारी लिखत किर्ते र संगठित अपराधको कसूर अन्तरगत अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइरहेको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...