
नुवाकोट । नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिले जिल्लाका सबै वडा, पालिका, प्रदेश क्षेत्र र संघीय निर्वाचन क्षेत्रिय तहको सम्मेलनहरु आगामी भदौ मसान्त भित्र गर्ने निर्णय गरेको छ।
नुवाकोट कांग्रेस जिल्ला कार्यसमितिको २०औं वैठकले ति सम्मेलन गर्न प्रतिनिधि खटाउने र पार्टीको सदस्यतालाई वृहत्तरुपमा वितरण गर्न अनलाईनबाट सदस्यता वितरण गर्ने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
कांग्रेसको नुवाकोट जिल्ला कार्यसमितिका सचिवद्वय बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठद्वारा सोमबार जारी विज्ञप्तिमा नुवाकोट जिल्लाका स्वदेश तथा विदेशमा रहेका पार्टी समर्थक लोकतन्त्रबादीलाई अनलाईन सदस्यता भर्नका लागि आह्वान गरिएको जनाइएको छ ।
बैठकले जिल्ला पार्टीले महाधिवेशन, महासमिति सदस्य, भातृ तथा शुभेच्छुक संस्था र स्थानीय तहको जनप्रतिनिधिहरुसँग साउन मसान्त भित्रमा बैठक र छलफल गर्ने निर्णय गरेको छ ।
विज्ञप्तिमा पार्टीको विधानबमोजिम नुवाकोट–काठमाडौं सम्पर्क समिति गठन गर्ने, पार्टीको केन्द्रीय कार्यसमितिको परिपत्र र निर्देशानुसार क्रियाशिल सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण पार्टीको विधान र नियमावली अनुसार गर्ने, र विधानअनुसार बुझाउनु पर्ने लेवि जिम्मेवार सदस्यले बुझाउने सम्वन्धमा व्यवस्थित गर्न पत्राचार गर्ने निर्णय भएको जनाइएको छ।
त्यस्तै, पार्टी छाडेका स्वतन्त्र उम्मेदवार रहेका र स्वतन्त्र उम्मेदवारका समर्थक र प्रस्तावक समर्थर्क रहेकाको विवरण वडा तहबाट पालिका, प्रदेश र क्षेत्रमार्फत जिल्ला कार्यसमितिमा माग गर्ने निर्णय भएको जनाइएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...