
काठमाडौं। कोशी प्रदेश सरकार निर्माणको विवादमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नू र नगराउनु भन्ने आदेश दिएको छ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले निवर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको हो।
मल्लको इजलासले तत्कालै लिखित जवाफ पेस गर्ने इजलासबाटै निर्णयार्थ सुनुवाइको मिति तोकिएको छ। प्रस्तुत मुद्धामा निवर्तमान मुख्यमन्त्री कार्कीले कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री नियुक्ति गर्दा संविधान मिचिएको दाबी गर्दै रिट दायर गरेका थिए।
रिटमा संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्ति गर्दा ४६ सांसद मात्र भएको अवस्थामा सभामुखलाईसमेत हस्ताक्षर गराएको र उक्त कार्य गैरसंवैधानिक भएको दाबी कार्कीले गरेका थिए।
सर्वोच्चले सरकार गठनका क्रममा देखिएको संवैधानिक र कानुनी विवादवारे लिखित जवाफ पेस गर्न प्रदेश प्रमुख पर्शुराम खापुङसहितका विपक्षीहरुको नाममा पनि आदेश जारी गरेको छ। सर्वोच्चले मुख्यमन्त्री नियुक्तिका विषयमा लिखित जवाफ लिएर अर्को सुनुवाइमा उपस्थित हुन भनेको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...