
काठमाडौं। आफूलाई वीर अस्पतालको डाक्टर भन्दै एक महिलाबाट करिव ४० लाख रुपैयाँ ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
कन्चनपुरको पुनरवास नगरपालिका स्थायी घर भएका २७ वर्षीय बलराम भन्ने मातृका जैसीले आफू वीर अस्पतालको १२औँ तहको डाक्टर हुँ भन्दै एक महिलासँग ४० लाख रुपैयाँ ठगेका थिए।
जैसीले आफ्नै व्यवसाय सञ्चालन गरिरहेकी एक महिलासँग आफू डाक्टर भएको झुटो कुरा गर्दै एउटै कोठामा बस्न थालेको एक दिन मातृकाले आफूले मिटरव्याजमा पैसा लिएको र त्यो तिर्न नसके सरकारी जागिर नै अप्ठेरोमा पर्ने भन्दै ती महिलासँग ४० लाख रूपैयाँ लिएका थिए।
जैशीको प्रेमिका बनेकी ती महिलाले पैशा फिर्ता माग्दा मातृकाले आत्महत्या गर्ने धम्की दिएपछि उनी नक्कली चिकित्सक रहेको शंका गरेकी थिइन्। प्रेमिकाले प्रहरीमा उजुरी दिएपछि जैशी पक्राउ परेका थिए। उनलाई प्रहरीले पक्राउ गरेको सूचना वाहिरिएपछि उनीबाट ठगिएका अन्य ५ जना पनि प्रहरी सम्पर्कमा पुगेका थिए।
जैशीले अधिकांशलाई आफू डाक्टर भएको बताउँदै विभिन्न बहानामा पैसा लिएका रहेछन््। उनीबाट ठगिएकामध्ये अमरबहादुर विष्ट पूर्वप्रहरी हवल्दार हुन्। पठाओ राइडरका रूपमा काम गर्दा ग्राहक बनेर परिचय भएका मातृकाले उनीसँग पनि २५ हजार ९ सय ३० रुपैयाँ ठगी गरेको खुलेको छ।
जैशीले विष्टको पठाओ बुक गरेर यात्रु हुँदा आफूलाई प्रहरी अस्पतालको इन्सपेक्टरका रुपमा चिनाएका थिए।
विष्टका अनुसार एक दिन मातृकाले आफू बाहिर रहेको र बैंकमा किस्ता तिर्नुपर्ने छ भन्दै उनीसँग २५ हजार ९ सय ३० रूपैयाँ मागेका थिए । तत्काल रकम पठाएको तर, पछि फोन पनि उठाउन छाडेको विष्टको जाहेरीमा उल्लेख छ।
मातृकाले आफ्नो छालाको समस्याको उपचारका लागि क्लिनिकमा फोन गर्दा पछि प्रेमिका भएकी महिलाको मोबाइल नम्बरमा गफ भएको र सुरूवातमा आफू डाक्टर रहेको भनी झुटो बोलेको प्रहरीसमक्ष बताएका थिए।
आफूले सञ्चालन गरेको चित्रकला एक्सपोर्ट इम्पोर्ट प्रालिको ऋण तिर्न पैसा लिएको उनको भनाइ छ। जैशीले १७ महिनादेखि कार्यालयको भाडा नतिरेको भन्दै घरबेटीले समेत ठगीको उजुरी हालेका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...