कमैयाबाट मुक्त भएको २३ वर्षपछि पनि पुनस्र्थापनाकै प्रतिक्षामा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
कमैया मुक्ति दिवस

कमैयाबाट मुक्त भएको २३ वर्षपछि पनि पुनस्र्थापनाकै प्रतिक्षामा

काठमाडौं। आज साउन २ गते अर्थात् कमैया मुक्ति दिवस। कमैया मुक्ति घोषणा भएको आज २३ वर्ष पूरा भएको छ।

दास प्रथाका रूपमा रहेको कमैया प्रथा २०५७ साल साउन २ गते अवैध भएको निष्कर्ष निकाल्दैन तत्कालिन सरकारको नेतृत्व गरिरहेका शेरबहादुर देउवाले कमैया मुक्तिको घोषणा गरेका थिए।

तत्कालिन प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका जमिन्दारको घरमा काम गर्दै आएका ३२ हजार ५०० कमैयालाई मुक्त घोषणा गरेको थियो।

मुक्त घोषणा भएको यतिलामो समय बितिसक्दा पनि कतिपय मुक्त कमैयाको पुनः स्थापना नहुँदा बिचल्ली भएको छ।

मुक्त घोषणापछि सरकारले अधिकांश कमैयाको पुनः स्थापना गरे पनि कतिपय परिवारको अझै पुनःस्थापना हुन सकेको छैन। पुनःस्थापित हुन नसकेका मुक्त कमैया परिवार सार्वजनिक जमिनमा कष्टकर जीवन बिताइ रहेका छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कमैया मुक्त भए पनि अझै सुधार नुहुनु दुःखद् रहेको बताएका छन्।

२३ औँ कमैया मुक्ति दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले मुक्त कमैयाका समस्या समाधानका लागि तीनै तहका सरकार गम्भीर बन्नुपर्ने बताए।

दुई पालिकामा बिदा

कमैया मुक्ति दिवसको अवसरमा कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन्।

दुवै पालिकाले आज स्थानीयस्तरमा बिदा दिएका हुन्। पालिकादेखि स्वास्थ्य संस्था तथा विद्यालयसम्म बिदा दिएको दुवै पालिकाले जारी गरेको सूचनामा जनाइएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण २, १३: १०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण २, १३: १०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० श्रावण २, १३: १०

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...