म्याद सकिएका सबै भ्रातृ संस्थाको अधिवेशनको कार्यतालिका दुई महिना भित्र ल्याईसक्न प्रस्ताव – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
केन्द्रीय कार्यसमितिको बैठक शुरु, पहिलो पटक लाईभ

म्याद सकिएका सबै भ्रातृ संस्थाको अधिवेशनको कार्यतालिका दुई महिना भित्र ल्याईसक्न प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका सबै भ्रातृ संस्थाको अधिवेशन तीन महिना भित्र गरिसक्न प्रस्ताव गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजेदेखि शुरु भएको बैठकलाई पार्टीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिएको छ। बैठकमा छलफल हुने एजेण्डा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेका थिए भने पार्टीको सांगठानिक विषयमा अर्का महामन्त्री गगनकुमार थापाले प्रस्ताव प्रस्तुत गरेका थिए।

महामन्त्री थापाले प्रस्तुत गरेको प्रस्तावमा पार्टी केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक महिनाको पहिलो साता गर्ने, आगामी भदौ १५ गते भित्र पार्टीका सबै विभागको गठन र पूर्णा दिने, तदर्थ समिति भएका सबै भ्रातृ संस्थाले भदौ भित्रमा तीन महिनामा महाधिवेशन गर्ने गरी कार्यतालिका पेश गर्नु पर्ने प्रस्ताव अघि राखेका छन् ।

महामन्त्री थापाले म्याद सकिएका सबै भ्रातृ र शुभेच्छुक संस्थालाई भदौ मसान्त सम्ममा महाधिवेशन गर्ने कार्यतालिका ल्याउन समय दिने र विदेशस्थित जनसम्पर्क समितिको कार्यकाल सकिएमा ६ महिना भित्र अधिवेशन गर्न प्रस्ताव गरिएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण २, १४: ४२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण २, १४: ४२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण २, १४: ४२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...